कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। मंगलबार दिनको १ बजे बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति रहने बताइएको छ। आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले फागुन २१ को चुनावी समीक्षा गरेको थियो। त्यस्तै सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको थियो।
