जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं : भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन लुकाएर जेनजी शहीद र घाइतेहरुलाई अन्याय गर्न नपाइने उनीहरुले जनाएका छन् । साथै युवाहरुले जेनजी आन्दोलनको ढाडमा टेकेर नेताहरु सांसद बनेपनि जेनजी आन्दोलनको उदेश्य अझै पुरा हुन नसकेको जनाएका छन् ।
उनीहरूले सरकारी संरचना जलाउने र प्रहरीमाथि कुटपिट गर्ने जेनजी आफूहरू नभएको भन्दै भाद्र २३ र २४ का घटनामा दोषि देखिएकालाई कारवाही गर्नुपर्ने माग राखेका छन् । जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएपनि अझै सार्वजनिक हुन नसकेपछि युवाहरुले आशंका व्यक्त गरेका छन् ।
