युनिक मोडर्न एकेडेमीको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
वार्षिकोत्सव कार्यक्रममा विभिन्न व्यक्ति सम्मानित
धनगढी १७ फागुन । युनिक मोडर्न एकेडेमी धनगढी उपमहानगरपालिका वडा नं २ सरस्वतीनगरको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रम आयोजना गरी शनिबार सम्पन्न भएको छ ।

युनिक मोर्डन एकेडेमीकी संस्थापक रत्ना विष्टको सभापतित्वमा सम्पन्न भएको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम साहित्य समाज धनगढीका अध्यक्ष मदन पुरस्कार विजेता राम लाल जोशी रहनुभएको थियो ।

त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथिहरुमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता ठेकेन्द्र राज जोशी, धनगढी उपमहानगरपालिका वडा नं २ कार्यालयका वडा अध्यक्ष धर्म राज ओझा, वडा सदस्य केशव राज पन्त, पूर्व वडा सदस्य मान बहादुर सिंह, कैलाली अस्पतालका संचालक जनक राज जोशी, पश्चिम टुडे मिडिया हाउसका सम्पादक खेम राज उपाध्याय, अतिथिहरुमा विभिन्न विद्यालयका प्रधानाध्यापक, लायन्स क्लबका पदाधिकारी, समाजसेवी व्यक्तिहरु रहनु भएको थियो ।

विद्यालयकी प्रधानाध्यापक लक्ष्मी धामी भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयले १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा समाजमा महत्वपूर्ण योगदान दिनुभएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम साहित्य समाज धनगढीका अध्यक्ष राम लाल जोशीले धनगढी उपमहानगरपालिका वडा नं २ कार्यालयका वडा अध्यक्ष धर्म राज ओझा, पूर्व वडा सदस्य समाजसेवी मान बहादुर सिंह, पश्चिम टुडे मिडिया हाउसका सम्पादक खेम राज उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो ।

कैलाली अस्पतालका संचालक जनक राज जोशीले युनिक मोर्डन एकेडेमीमा अध्ययनरत गरीब जेहेन्दार विद्यार्थीलाई वार्षिक ५ हजार रुपैया आर्थिक सहयोग गर्नुका साथै विद्यालयका शिक्षक– शिक्षिका विद्यार्थीहरुलाई कैलाली अस्पतालमा स्वास्थ्य उपचार सेवामा २० प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयकी संस्थापक रत्ना विष्टले४०–५० जना विद्यार्थीहरु भर्नाबाट अध्यापन गरिरहेको विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मारेका कारण र अभिभावक ज्यूहरुको विश्वास जितेको हुँदा हाल ३ सय भन्दा बढी विद्यार्थीहरु यस विद्यालयमा अध्ययन गरिरहेको बताउनु भयो ।

कार्यक्रममा विद्यालयकी संस्थापक विष्टले यसको श्रेय सम्पूर्ण शिक्षक शिक्षिका, अभिभावक, विद्यालयको शुभेच्छुक ज्यूहरुको रहेको र उहाँहरु प्रति हार्दिक आभार समेत प्रकट गरिन् ।

विद्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मानव सेवा आश्रम, दृष्टि फाउण्डेसन, आमाको माया छात्रावास, विभिन्न मठमन्दिर लगायतका सामाजिक संस्थाहरुमा आर्थिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु देखाएका थिए ।

वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको संचालन अनिता चौधरी र स्मृति जैरुले गर्नुभएको थियो ।
विद्यालयमा खेल सप्ताहमा विजयी भएका विद्यार्थी खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
