स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखियो : निर्वाचन आयुक्त तुलाधर

द एभरेष्ट पोष्ट
१४ फागुन २०८२ १५:२१
स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखियो : निर्वाचन आयुक्त तुलाधर

काठमाण्डौ- निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले महिला स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै तुलाधरले फागुन ३ गतेदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा स्वयंसेवकमार्फत मतदाता शिक्षा संचालन भइरहेको छ ।

१७ गतेसम्म चल्ने यो कार्यक्रमले बदर मत घटाउन सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलोमा पुगेर नमुना मतपत्र देखाई मतदान सिकाउने काम गरिरहेका उनको भनाइ छ ।

आयुक्त तुलाधरले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सबै जिल्लामा मतपत्र पुगिसकेको जानकारी दिए । चुनाव सर्ने भनी फैलिएका हल्लालाई निराधार बताउँदै उनले संविधानबमोजिम फागुन २१ गते चुनाव सम्पन्न गर्नबाट कसैले पन्छिन नमिल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस