परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

द एभरेष्ट पोष्ट
१३ फागुन २०८२ १६:२५
परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ- परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन्।

मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल-चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गरेका थिए। त्यस अवसरमा उनीहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस