निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

द एभरेष्ट पोष्ट
१० फागुन २०८२ १६:३०
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

काठ्माण्डौ- प्रतिनिधिसभा सदस्य चुनावका समय तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन आयोगले सरकारलाई सिफारिस गरेको हो । आयोगले गरेको पत्राचार सम्बन्धमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ ।

आयोगको सिफारिस अनुसार सरकारले निर्णय गरे फागु पूर्णिमा देखिनै बिदा सुरु हुनेछ । फागु पूर्णिमा पहाडमा १८ गते र तराई १९ गते परेको छ । फागुन २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय नारी दिवस परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस