नेप्सेमा २७.५९ अंकको गिरावट

द एभरेष्ट पोष्ट
१० फागुन २०८२ १५:२६
नेप्सेमा २७.५९ अंकको गिरावट

काठमाडौं– साताको पहिलो  कारोबार दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अंखु खोला जलविद्युतको सर्वाधिक ६३ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा रिडी पावरको ३७ करोड ६० लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यालनको ३१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.२६ प्रतिशतका दरले कमाएका छन् ।

बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ८.९२ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस