अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नयाँ १० प्रतिशत ट्यारिफ घोषणा

द एभरेष्ट पोष्ट
९ फागुन २०८२ १२:३५
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नयाँ १० प्रतिशत ट्यारिफ घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ १० प्रतिशत करको घोषणा गरेका छन् । यसअघि लगाएको विश्वव्यापी ट्यारिफ अर्थात् आयात शुल्क अमेरिकी सर्वोच्च अदालतले हिजो खारेज गरिदिएपछि ट्रम्पले नयाँ १० प्रतिशत ट्यारिफको घोषणा गरेका हुन्।

पछिल्लो घोषणा गरिएको १० प्रतिशत ट्यारिफ यसै हप्तादेखि लागु हुने र यो अस्थायी (१५० दिनसम्म) को हुने खबरमा उल्लेख छ । साथै उनले अदालतको आदेशमा कानुनी लडाइँ बिना विगतको कर फिर्ता नहुने सङ्केत पनि गरेका छन् । ट्यारिफलाई निरन्तरता दिन अब अरू कानुनको सहारा लिनसक्ने उनको आशय रहेको बीबीसीले जनाएको छ । आयात शुल्कले अमेरिकामा लगानी र उत्पादन बढ्न सहयोग पुग्ने ट्रम्पको दाबी छ ।

तर अमेरिकी सर्वोच्च अदालतको फैसलाले विश्वव्यापी व्यापारमा भने नयाँ अनिश्चितता थपेको छ । गएको वर्ष मेक्सिकोलाई लक्षित गरेर लागु गर्न शुरू गरिएको ट्यारिफ पछि क्यानडा, चीनसहित विभिन्न अमेरिकी व्यापारिक साझेदार देशहरूबाट आयात हुने सामग्रीमा बिस्तार गरिएको थियो । तर अमेरिका भित्रिने सामानमा व्यापक कर बढेपछि स्वदेश र विदेशका कम्पनीले यसको विरोध गरेका थिए ।

जस कारण बजारमा सामान महँगो हुने चिन्ता पनि थपियो । यही अवस्थामा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले गएको वर्षदेखि लागू गरेको ट्यारिफसम्बन्धी निर्णयलाई बदर गरिदिएको हो । सर्वोच्चले आफ्नो फैसलामा राष्ट्रपतीय शक्तिलाई राष्ट्रिय आपतकालका लागि सुरक्षित गरिएको कानुन प्रयोग गरी व्यापक रूपमा महसुल थोपर्नु गलत भएको उल्लेख समेत गरेको छ । -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस