धनगढीमा बालेनले भने– भोट माग्न आएको होइन, कामको लिष्ट दिनू, काम गर्ने हो
धनगढी। रास्वपाका वरिष्ठ नेता बालेन शाहले काम माग्न नै आफूहरु धनगढीमा आइपुगेको बताएका छन् ।
धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“म यहाँ बोल्न आएको होइन, काम माग्न आएको हो,” उनले भने,“भोट नदिए पनि हुन्छ कामको लिष्ट दिनू । रास्वपाले काम गरेर देखाउँछ ।”
उनले सुदूरपश्चिम अब सु (नजिक) पश्चिम हुनुपर्ने बताए ।
“आँखा हेर्न पर्दैन । म धेरै बोल्दिनँ,” उनले कार्यकर्ता तथा समर्थकतिर हेर्दै भने, “धेरै धेरै माया तम्लाई ! आई लभ यू ।”
उनले सुदूरपश्चिमले भनेका काम पूरा गर्ने पार्टी रास्वपा भएको उल्लेख गर्दै उनले भने, “खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्यो । उपचार पाउनुपर्यो त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्यो त्यो हो हाम्रो एजेन्डा । रास्वपा सरकारमा गए कांग्रेस, एमाले र माओवादी हिँड्ने बाटो बनाउँछौँ । हामी नेपाल माल भएको चाल नभएको भयौँ । सुदूरपश्चिममा धेरै कलाकार हुनुहुन्छ उहाँहरुका स्वर काठमाडौंका चोकमा घन्किनुपर्छ ।”
