बाजे लोकेन्द्र बहादुर शाहको ईतिहास दोहो¥याउलान ‘मनु’ ?
धनगढी, ५ फागुन ।
नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नर नारायण शाह ‘मनु’ उम्मेदवार छन् । दुई कार्यकाल नेपाली काँग्रेस कैलालीको सभापति रहेका शाह हाल नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेशको महामन्त्रीको जिम्मेवारीमा छन् । शाहको परिचय यतिमै सिमित छैन् । उनी २०१५ सालको पहिलो आम निर्वाचनमा क्षेत्र नं. ६५ कैलाली–कञ्चनपुरबाट निर्वाचित सांसद लोकेन्द्र बहादुर शाहका नाती र जिल्ला विकास समिति कैलालीका पहिलो सभापति मोहन बहादुर शाहका छोरा हुन् ।
बाजे लोकेन्द्र बहादुर शाह निर्वाचित भएको ६७ वर्षपछि त्यही भूगोलमा नर नारायण शाह प्रतिनिधि सभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन् ।
जहाँ ६ जना उम्मेदवारले चुनाव लडेका थिए । यसरी चुनावमा प्रतिस्पर्धा गर्नेहरूमा नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाह, संयुक्त प्रजातन्त्र पार्टी नेपालका धनबहादुर महतो, नेपाल राष्ट्रवादी गोरखा परिषद्का लालबहादुर राना थारू थिए । तिलकराज शाही र विमलकुमार जोशी स्वतन्त्र रूपमा चुनाव लडेका थिए । छिमानन्द महतोले भने मनोनयन दर्ता गरे पनि पछि फिर्ता लिएका थिए । निर्वाचनमा नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाह ६,४४४ मत प्राप्त गरी विजयी भएका थिए । शाह निकटतम प्रतिद्वन्द्वीभन्दा पाँच गुणाभन्दा बढि मत ल्याएर बिजयी भएका थिए । उपबिजेता भएका महतोले १५४५ मत पाए । रानाले १०८६ । शाहीले ९६७ । जोशीले ७६१ ।
२०१५ सालमा लोकेन्द्र बहादुर शाह निर्वाचित हुदा कैलाली र कञ्चनपुर एउटै निर्वाचन क्षेत्र थियो । यतिबेला कैलालीमा पाँच र कञ्चनपुरमा तीन वटा निर्बाचन क्षेत्र छन् । काँग्रेसको गढ मानिने कैलाली क्षेत्र नम्बर ५ मा काँग्रेसको आन्तरिक किचलो र अन्तर्घातका कारण दुई पटक एमालेले बाजी मारेको थियो । यस पटक शाहप्रति सबै काँग्रेसी नेता र कार्यकर्ताको शुभेच्छा र सहानुभूति देखिन्छ ।
बाजे लोकेन्द्र बहादुर शाहको ईतिहास के नरनारायण शाह दोहो¥याउलान ? कैलाली क्षेत्र नम्बर ५ मा शाहको उम्मेदवारीलाई सबैले चासो पूर्वक हेरिरहेका छन् ।
२०१५ सालको निर्वाचनमा कैलाली कञ्चनपुर जिल्लामा मतदान केन्द्र र मतदाता संख्या:
जिल्लाको नामः कैलाली कञ्चनपुर
निर्वाचन क्षेत्रको नामः कैलाली कञ्चनपुर नं. ६५
तप्पाको नामः सेलीपाहाड बाइसी
नम्बर मतदान केन्द्रको नाम मतदान केन्द्रभित्रको जम्मा मतदाता संख्या
१. बेलौरी ७९१
ऐ ६८८
२. बिचुवा ९०५
३. सुडा ६१७
ऐ ७७०
४. पिलाडी ९१५
ऐ ९२३
५. बिचुवा ९५६
ऐ ९५७
ऐ ९०१
६ कलवापुर ८२५
ऐ ८००
७. त्रिनगर ८७७
ऐ ८९०
ऐ १०७७
८ श्रीपुर १०६८
ऐ १०४६
ऐ ११४८
९ ब्योसा ११४६
ऐ ११०६
१० अैठा ८८९
ऐ ९०८
ऐ ९४३
११ वसौदी १०५६
ऐ ८९२
ऐ १०६३
ऐ ९४०
१२ पवेरा १९२३
१३ दरख १०८०
ऐ १०७८
ऐ ११६३
१४ भजनी १२५४
१५ भगवानपुर मध्ये नारानपुर ९९१
ऐ १९६६
ऐ १०४८
ऐ ९१७
१६ पुनुवा १०४९
ऐ १०९१
ऐ १०९५
१७ नुहारीपुर ११७८
ऐ १०४३
ऐ १०४४
१८ घोटीपुर चुहा १२९४
ऐ १२१६
१९ सिमरी ९४६
ऐ ९२०
ऐ १०५५
ऐ ९५७
२० महादेब्ली १११२
ऐ ११४१
ऐ १०२७
स्रोतः गोरखापत्र, २०१५ फागुन ३० ।
