सुदूरपश्चिममा प्रकाश देउवा र गोपाल हमालसहित ४ जनाले गरेनन् मतदान
कैलाली । राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४ जना सहभागी नभएकाे खुलेकाे छ । दुई पदका लागि गरिएकाे निर्वाचनमा २२४ मतदाताहरु मध्ये प्रदेश सभाका दुई जना र स्थानीय तहका दुई जना मतदानमा सहभागी भएनन् ।
कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा र राप्रपाकी सांसद खेमा विष्टले मतदान बहिस्कार गरे भने धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र जानकी गाउँपालिकी उपाध्यक्ष लालमती देबी कठरियाले मतदान गरेनन् ।
धनगढीका हमाल स्वतन्त्र मेयर हुन् भने जोशिपुरकी चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) की उपाध्यक्ष हुन् ।
खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसी, एक महिला कोटाका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) की लिलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारी दिएका छन् ।
कांग्रेस-एमाले गठबन्धनले खाती र भण्डारीको जीत निश्चित भइसकेको छ । मतदान सकेर मत गणना सुरु हुँदै छ ।
