काँग्रेसको घोषणा गगन भावी प्रधानमन्त्री

गगनको संकल्न–‘बदल्यौं काँग्रेस, बदल्छौ देश’

द एभरेष्ट पोष्ट
११ माघ २०८२ ३:०९
काँग्रेसको घोषणा गगन भावी प्रधानमन्त्री

काठमाण्डौं, ९ माघ ।
शुक्रवार केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले बैठकले सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेको छ ।

सभापति थापालाई प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने उपसभापतिद्धय विश्वप्रकाश शर्मा र पुष्पा भुसालको प्रस्ताव केन्द्रीय कार्यसमितिले सर्वसम्मत रुपमा पारित गरेको हो ।

केन्द्रीय कार्यालयमा पद बहालपछि थापाले निर्णय पुस्तिका लेखे– ‘बदल्यौं काँग्रेस, बदल्छौ देश’ । थापाले यो प्रतिबद्धता सार्वजनिक गर्दै एउटा संक्षित बिज्ञप्ति जारी गरे । जसमा उनले काँग्रेसको ध्येय प्रष्ट पारे । उनी लेख्छन्, शुक्रवार यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौ हामी । हाम्रो केवल एक ध्येय छ,–देशको समुन्नति । चार शब्दमा उनले यात्रा, गन्तव्य र उद्देश्य प्रष्ट पारे ।

उपभासभापति शर्माले निर्वाचन अघि सभापति थापालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णयलाई बिशिष्ट परिस्थितिको माग बताएका छन् ।

सम्भावित प्रधानमन्त्रीको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजन बारे तुलनात्मक अध्ययन र विश्लेषण गर्न मतदातालाई सहज हुने उपसभापति शर्माको जिकिर छ ।

आठ दशक लामो ईतिहास बोकेको काँग्रेस प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएको यो दोस्रो पटक हो । २०५६ सालमा तत्कालिन सभापति गिरिजा प्रसाद कोईरालाले सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्री घोषणा गरेर काँग्रेस चुनावमा होमिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस