प्रधानमन्त्री बन्ने आकांक्षामा ‘ब्रेक’ लगाउने कुलमानका ती १२ दिन

८ माघ २०८२ २०:३६
प्रधानमन्त्री बन्ने आकांक्षामा ‘ब्रेक’ लगाउने कुलमानका ती १२ दिन

सरकारमा बसेर उज्यालो पार्टी निर्माण गरेका कुलमान घिसिङका लागि शुरुवाती दिन जति उत्साहपूर्ण थिए, रास्वपमा बलजफ्ती मिलाईएपछिका १२ दिन अत्यन्त सकसपूर्ण रहे ।

सुदन गुरुङले बलजफ्ती उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिल्न बाध्य बनाउदा घिसिङले नाई भन्नै सकेनन् । नाई भन्न नसक्नु नै उज्यालो पार्टीको क्षयको कारण बन्यो ।

पार्टीको नाम उज्यालो । तर रास्वपासंगका उनका सबै सम्झौता अध्याँरोमा भए । केहीदिनसम्म त उनका साथीहरुले नै थाह पाएनन्, के सम्झौता भयो ?

रास्वपामा उज्यालो नेपाल किन मिसियो ? पार्टीमा जोडिएका नेता कार्यकर्ताहरुसंग छलफल गर्न नपाउदै १२ दिनमै उनी अलग भए ? रास्वपामा हुल सहित मिसिएका उनी त्यहाँबाट निस्किदा भने एक्लो थिए, उनका साथमा देखिने अध्यक्ष अनुप उपाध्याय मात्र थिए ।

रास्वपामा मिसिएकै कारण उनले मन्त्री पद गुमाए । उपाध्यक्ष डा. तारा जोशी सहित उनलाई आईडल मान्ने समानुपातिक उम्मेदवार रिमा विश्वकर्माहरुले समेत साथ छोडे । त्यसको दुईटा कारण थिए, पहिलो, ठूलोको साथमा रहन खोज्नु मानवीय स्वभाव हो । जो फर्केनन्, उनीहरुले विस्तार भईसकेको र संगठनका हिसावले उज्यालो नेपालभन्दा रास्वपामा आफ्नो राजनैतिक भविश्य सुरक्षित ठाने । दोस्रो, समानुपातिकको बन्द सूचिमा रहेकी विश्वकर्माहरु उज्यालोमा फिर्ता हुदा भोलि त्यो अवसर पनि गुमाउनुपर्ने अवस्थामा पुगे । प्रत्यक्ष लड्न आँट नभएका समानुपातिकमा भविश्य देखेकाहरुले घिसिङको साथ छोड्नु स्वभाविक थियो । किनकी समानुपातिकको सूचि बुझाउने सूचि सकिसकेको थियो ।

घिसिङको गुणगान गाएर नथाक्ने रिमाहरुका लागि घिसिङ केवल सत्तामा पुग्ने सिढिमात्रै थिए, त्यो सहजै अनुमान गर्न सकिन्छ ।
सुदन गुरुङले मन्त्री बनाईदिएका घिसिङले सुदनसंग रास्वपामा मिल्ने अनिच्छा व्यक्त गर्न नसक्नु उज्यालो पार्टीलाई क्षति हुने प्रमुख कारण बन्यो ।

त्यही कारण उनले आयोगमा समानुपातिकमा बन्द सूचि बुझाउने अवसर गुमाए । र, समानुपातिकको लोभमा परेका आफ्नै साथीहरुले उनको साथ छोडे । जो जादा त उनीसंगै रास्वपामा गए । फर्किदा उनीसंग उज्यालोमा फर्केनन् ।

प्रधानमन्त्रीको आकांक्षा बोकेका घिसिङको यो आलोकाचो निर्णय उनका लागि निकै घातक बन्यो । उनले ती १२ दिनमा संगठन विस्तार गरेनन् । उनी नै रास्वपामा मिसिएपछि उनलाई साथ दिन खोज्नेहरुले पनि अलग बाटो रोजे, उनले ती शुभेच्छुकहरु पनि यो बीचमा गुमाए ।

जो रास्वपालाई होईन्, उनलाई साथ दिन चाहन्थे,  ति उनीबाट टाढा भए । जव उनले रास्वपा छोडे, ति अर्कैमा मिसिईसकेका थिए । रास्वपामा जादा उनी सग्लो थिए, उनीमाथि खासै आरोप थिएन्, उनको तेज र राप घटिसकेको थिएन् । जव उनी उज्यालोमा फर्किए्, संग्लो थिएनन् । उनी टुटेका थिए । कमजोर थिए । मनोबल खस्किएको थियो । त्यसमाथि फर्किदा उनी  ढुलमुले, अस्पष्ट, भिजन नभएको र पदलोलुपको आरोप बोकेर फर्किए। ती १२ दिन उनका राजनीति जीवनका अवसानका दिन थिए ।

थेलियम नामको स्लो प्वाईजन झै, जसले ओशोलाई मृत्यु शैयामा पु¥यायो । उनका लागि रास्वपासंग बिताएका १२ दिन थेलियम प्वाईजन झै भए । जसले उनको प्रधानमन्त्री बन्ने संभावनालाई लगभग समाप्त गरिदियो । उनको प्रधानमन्त्री बन्ने आकांक्षा त त्यसैदिन सकियो, जुन दिन उनी बालेन्द्र साहलाई प्रधानमन्त्री मान्न तयार भएर रास्वपामा मिसिए । उनी त्यहाँबाट फर्किएको दिन प्रधानमन्त्री बन्ने संभावना पनि समाप्त भयो । रास्वपामा मिसिनु उनको राजनैतिक महत्वाकांक्षाको अवसान मात्र थिएन, उनको जीवनको सबैभन्दा ठूलो भूल थियो ।

उनी युद्ध मैदानको कर्ण झै छन्, जसका सारथी शल्य छन् । उनलाई थाह छ, युद्धमा जित संभव छैन्, तर अव उनलाई फर्किने छुट छैन् । सपना र हुटहुटी भएर मात्र लक्ष्यमा पुग्न सकिदैन्, त्यसका लागि स्पष्ट भिजन र खाका चाहिन्छ, जसको उनमा अभावमा देखियो ।

प्रधानमन्त्री हुने आकांक्षा पालेर नागरिक सरकारमा मन्त्री हुनु उनको गम्भीर गल्ती थियो । आज उनी त्यही कारण आलोचनाको शिकार भईरहेका छन् । सरकारमा बसेर पार्टी खोल्नु उनको अर्को गल्ती थियो । सरकारमा बसिरहने, पार्टी पनि खोल्ने, अनि कुनै पार्टीको सदस्य होईन भन्दै जनतासंग झुट बोल्नु, उनको अर्को गल्ती थियो । पार्टी खोलेको केही दिनमै रास्वपामा मिसिनु उनको अर्को गल्ती थियो । उनी एउटा झुट छोप्न अर्को झुट बोल्दै गए । जसकारण उनले विश्वसनीयता गुमाए । पार्टीको प्रचार गर्नुपर्ने समयमा १२ दिनका पीडा पोखिरहेका छन् । आफ्नो बचाउमा समय खर्चिरहेका छन् ।

निर्वाचन आयोगमा समानुपातिकको बन्द सूचि बुझाउन नपाउदा उनले ११० सिट पहिल्यै गुमाईसके ।

१६५ निर्वाचन क्षेत्रमध्ये हतारमा देशभरीमा मुस्किलले १२० निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ उम्मेदवार उठाएका घिसिङ स्वयम जित्छन् कि जित्दैनन् ? त्यसमै सन्देह छ । बाँकी उम्मेदवार के कस्ता छनौट गरेका छन्, त्यो उनैलाई राम्रोसंग थाह होला ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस