कैलाली–५ मा नेपाली कांग्रेस नरनारायण शाहको उम्मेदवारी दर्ता
कैलाली । नेपाली कांग्रेस पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नरनारायण शाह (मनु) ले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगले निर्धारण गरेको समय तालिका अनुसार उनी २:५० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
