नेपाली काँग्रेसबाट डडेल्धुरामा महर उम्मेदवार
काठमाण्डौं, ६ माघ ।
डडेल्धुरामा प्रतिनिधि सभाको निर्वाचनमा नेविसंघका पूर्व अध्यक्ष नैन सिंह महरले टिकट पाएका छन् ।
नेपाली काँग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि महरलाई टिकट दिएको हो ।
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सात पटक जितेको डडेल्धुरामा यस पटक महरले टिकट पाएका हुन् । देउवाले पनि महरको नाममा सहमती जनाएका छन् । महरलाई नेपाली काँग्रेस डडेल्धुराका सभापति भीम बहादुर साँउदले समेत समर्थन गरेका छन् ।
साँउदले महरलाई टिकट दिने कुरामा सहमती जनाएका थिए । साँउद स्वयम पनि आकांक्षी थिए ।

.jpg)