अटिष्टिक बालबालिकाका लागि दौडियो ड्यालस

द एभरेष्ट पोष्ट
२० पुष २०८२ २:३६
अटिष्टिक बालबालिकाका लागि दौडियो ड्यालस

ड्यालस,टेक्सास, ३ जनवरी ।

सधै दौडिने र कहिलेकाही दौडिनेहरु शनिवार युलेसको एकै ठाउँमा दौडिए । त्यो दौडमा कहिल्यै नदौडिनेहरु पनि सहभागी भए । उद्देश्य भने एउटै थियो, ‘वाक फर अटिजम’ ।

वान स्टेप फाउण्डेसनले अटिष्टिक बालबालिकाहरुका लागि पाँच किमी दौड आयोजना गरेको थियो । जसलाई नाम दिईएको थियो, ‘वाक फर अटिजम’ ।

आयोजक वान स्टेप फाउण्डेसनको आह्वानमा २७० जनाभन्दा बढि व्यक्ति दौडमा सहभागी भए । त्यो पनि सबै उमेर समूहका । चार/पाँच वर्षका बालबालिकादेखि ८० वर्षसम्मका जेष्ठ नागरिकहरु दौडमा सहभागी थिए । निशुल्क आयोजना गरिएको दौडका लागि २६७ जनाले अग्रिम रुपमा नाम दर्ता गरेका थिए । नाम दर्ता गर्न छुटेका थुप्रै व्यक्तिहरुले समेत यो अवसर गुमाउन चाहेनन् । उनीहरु पनि सहभागी थिए ।

डेटा फ्लेक मुख्य प्रायोजक रहेको ‘वाक फर अटिजम’ का लागि अटिष्टिक परिवार स्वस्फूर्त रुपमा सहयोग गरे । कसैले पानीको व्यवस्था गरिदिए । कसैले कफि । कसैले फलफूल सहयोग गरे । र, विभिन्न संघसंस्थाले स्वयमसेवकहरु पठाएर सहयोग गरे । कतिपय व्यक्ति स्वस्फूर्त रुपमा स्वयमसेवकको भूमिका निर्वाह गर्न आईपुगे । ती सबैको सहयोगमा ‘वाक फर अटिजम’ भव्य रुपमा सम्पन्न भयो । यो कसैलाई उछिन्ने दौड थिएन् । नत यसमा उत्कृष्ट धावकलाई उत्कृष्ट पुरस्कारको व्यवस्था थियो । दौडमा सहभागी हुने सबै बिजेता थिए । र, आयोजकले सबैलाई मेडल प्रदान ग¥यो । अटिष्टिक बालबालिकाहरुका निम्ति टेक्सासमा पहिलो पटक आयोजना गरिएको यो दौड आयोजनाको उद्देश्य र यसको सञ्चालनका दृष्टिकोणले पनि पहिलो थियो ।

न त यौ दौडको औपचारिक रुपमा उद्घाटन गरियो ।  न त औपचारिक रुपमा समापन । न त दौडमा प्रमुख अतिथि थिए । नत मन्तव्य व्यक्त गर्ने अतिथिहरु । दौडको प्राथमिकतामा थिए त, केवल अटिष्टिक बालबालिकाहरु । र, तिनका परिवार ।

वान स्टेप फाउण्डेसनका स्वयमसेवक तथा म्याराथन धावक बाल जोशीले अटिष्टिक बालबालिकाहरुको सहयोगका लागि आह्वान गरिएको दौडबाट संकलित एक लाख रुपैया नेपालमा अटिष्टिक बालबालिकाका लागि काम गर्ने जिज्ञासा फाउण्डेसनलाई प्रदान गरे ।

अटिष्टिक बालबालिकाहरुका समस्या समाधानका लागि सिंगो समुदायको साथ र सहयोग आवश्यक रहेको ठान्यौ, जोशीले भने, अटिष्टिक बालबालिका र तिनका परिवारले भोगेका पीडा सबैले महशुस नगरेसम्म त्यो संभव छैन् । त्यही कारण दौडमा सबैलाई सहभागी हुन आह्वान ग¥यौ । हाम्रो आह्वानलाई स्वीकार गर्दै दौडमा सबैको सहभागिता रह्यो ।

ईभेण्ट संयोजक मनोज कटुवालले दौडमा सहभागी हुने सबैलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस