धनगढीमा पाँचतारे होटेल खुल्दै, होलिडे इन र क्लब चौलानीबीच सम्झौतामा हस्ताक्षर
खेमराज उपाध्याय
काठमाण्डौ,८ पुस । सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा चौलानी क्लवको पाँच तारे होटल सञ्चालनमा आउने भएको छ । २०८४ मा सञ्चालनमा ल्याउने गरी निर्माण भईरहेको चौलानी क्लवको यो सुदूरपश्चिमको पहिलो पाँच तारे होटल हुनेछ ।
चेन होटेल होलिडे इन र चौलानी लिमिटेडबीच मंगलवार काठमाण्डौंको बुढानीलकण्ठस्थित होलिडे ईन रिसोर्टमा होटल व्यवस्थापन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भयो ।
यो सम्झौतासंगै चौलानी क्लवको निर्माणाीधन पाँच तारे होटल होटल होलिडे ईनसंग जोडिएको छ ।
सम्झौतामा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष डा. राजेन्द्र के सी र आइएजजी होटेल्सका तर्फबाट दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनने हस्ताक्षर गरेका छन ।
धनगढीमा निर्माण हुन लागेको पाँचतारे होटेल करिब अढाई अर्बको लगानीमा संचालनमा आउने डाईरेक्टर दीपक पाण्डेयले बताए । चार्टर्ड एकाउण्टेण्ट एशोसियसन अफ नेपालका पूर्व अध्यक्ष पाण्डेय होटलका चार लगानीकर्तामध्ये एक हुन् ।
होटेलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रिमियम ५ वटा आधुनिक अतिथि कक्ष रहने बताउदै सिए पाण्डेयले रुफटप स्विमिङ पुल, बहु परिवार रेष्टुरेन्ट, फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलनका लागि सभाहल रहने बताए ।
यस परियोजनाले सुदुरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीको नयाँ मापदण्ड स्थापना गर्ने बिश्वास लिइएको प्रबन्ध निर्देशक मानसिंह साँउदले बताए । उनले यस परियोजनाले क्षेत्रीय पर्यटन, व्यवसायिक विकास तथा आर्थिक प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
प्रबन्ध निर्देशक साँउदले आउदौ २०८४ को नयाँबर्षमा होटल सञ्चालनमा ल्याउने गरी तयारी भईरहेको बताए ।
