सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

द एभरेष्ट पोष्ट
८ पुष २०८२ ११:४५
सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबार एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २०० कायम भएको हो।अघिल्लो दिन सोमबार एक तोला सुनको भाउ २ लाख ६१ हजार ७०० पुगेको थियो।

यस्तै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार आज १५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ४ हजार  २५५ कायम भएको छ।

सोमबार सोही परिमाणको चाँदी ४ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस