अमेरिकाले बन्द गर्यो ‘डिभी लोटरी’

द एभरेष्ट पोष्ट
४ पुष २०८२ १५:३३
अमेरिकाले बन्द गर्यो ‘डिभी लोटरी’

काठमाडौँ । अमेरिकाले डिभी लोटरी कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेकी हुन् ।

गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रमबाटै अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले डिभी लोटरीमा रोक लगाउन निर्देशन दिएका हुन् । ती व्यक्ति ८ वर्षअघि अमेरिका प्रवेश गरेका थिए भने केही वर्षपछि उनले ग्रीन कार्ड समेत पाएका थिए । अमेरिकाले डिभी लोटरी कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ ।

गोलीकाण्डको घटनापछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ । गत महिना वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसनजिक भएको गोलीकाण्डको घटनापछि विभिन्न मुलुकहरूका नागरिकलाई अमेरिका प्रवेशमा समेत रोक लगाएको छ ।

त्यस्तै, विभिन्न देशका नागरिकहरूले प्राप्त गरेको ग्रीन कार्ड समेत पुनरवलोकन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस