आफूमाथि जाली मुद्दा लगाए देश ठप्प पार्ने ओलीको चेतावनी

द एभरेष्ट पोष्ट
३ पुष २०८२ २०:५९
आफूमाथि जाली मुद्दा लगाए देश ठप्प पार्ने ओलीको चेतावनी

काठमाडौं, ३ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाए देश ठप्प पार्ने चेतावनी दिएका   छन् ।

महाधिवेशनबाट निर्वाचित भएपछि आयोजित सभामा बोल्दै ओलीले आफूलाई जाली मुद्दा लगाएर पक्राउ गर्ने षडयन्त्र भईरहेको आरोप लगाउदै त्यस्तो गरिए एमालेले देश ठप्प पार्ने चेतावनी दिए ।

आफूलाई पक्राउ गरिए देशभरबाट एमाले उठ्ने चेतावनी दिदै भने, एमालेलाई छोए महंगो पर्नेछ । एमालेले सरकार ढाल्ने छ ।

आफूमाथि पञ्चायलकालको जस्तो जाली मुद्दा लगाउने कोसिस भईरहेको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस