नेपाली समाज टेक्ससको अध्यक्षमा भुषाल बिजयी
टेक्सस, १४ डिसेम्बर ।
नेपाली समाज टेक्ससको अध्यक्षमा फराकिलो मतान्तरले बिजय भुषाल बिजयी भएका छन् ।
२३१८ मत ल्याएर भुषाल बिजयी हुदा अध्यक्ष पदका अर्का उम्मेदवार जनक भण्डारी १३९१ मत ल्याए । दुई प्यानलकाबीच भएको प्रतिस्पर्धामा भुषालका अधिकांश उम्मेदवार बिजयी भएका छन् ।
उपाध्यक्षमा जीवलाल भुषाल १७७८ मत ल्याएर बिजय भए । उनका निकटतम प्रतिद्वन्द्वी डा. चण्डी भण्डारीले १७५३ मत ल्याए ।
अर्को उपाध्यक्ष पदमा दिलीप राई १७५७ मत सहित बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी गुञ्जन भण्डारी ३ मतले पराजित भईन् । भण्डारीले १७५४ मत ल्याईन् ।
उपाध्यक्ष(महिला) मा राधिका खराल बिजयी भईन् । उनले २२९२ मत ल्याउदा उनकी निकटतम प्रतिद्वन्द्वी शान्ता गिरीले १३१७ मत प्राप्त गरिन् ।
महासचिव पदमा प्रवेश श्रेष्ठ १९५१ सहित बिजयी भए । अर्का उम्मेदवार रामकृष्ण यादवले १५८० मत पाए ।
कोषाध्यक्षमा प्रेम थापा(आदित्य) बिजयी भए । थापाले १७९१ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी भोला मैनालीले १६०६ मत ल्याए ।
सचिवमा नारायण बहादुर केसी १८८४ मत सहित बिजयी भए । अर्का उम्मेदवार सुशिल बर्तौलाले १६१६ मत ल्याए ।
सहकोषाध्यक्षमा कान्ति नेपाल २२१७ मत ल्याएर बिजयी हुदा निकटतम प्रतिद्वन्द्वी रिजिङ लामाले १२७८ मत ल्याए ।
खेलकुद संयोजकमा उदित अधिकारी (१६९५) बिजयी भए । अर्का उम्मेदवार मोहन अधिकारीले १६५१ मत पाए ।
महिला संयोजकमा १८८५ मत ल्याएर सोनी थापा बिजयी हुदा निकटतम प्रतिद्वन्द्वी यमुना थापाले १५२८ मत प्राप्त गरिन् ।
युवा तथा विद्यार्थी संयोजकमा आदर्श भण्डारी २००२ मत ल्याएर बिजयी भए । अर्का उम्मेदवार उत्तम कार्कीले १४१० मत ल्याए ।
सदस्यमा रीना क्षेत्री(१८४१), प्रदीप पौडेल (१५४०), अर्जुन बम (१५३९),बाबुराम अर्याल(१५१८), हेम भट्ट (१४९५) बिजयी भए ।
