अफगानिस्तानमा हवाई आक्रमण हुदा नौ बालबालिकासहित १० जनाको मृत्यु

द एभरेष्ट पोष्ट
१० मंसिर २०८२ १३:०५
अफगानिस्तानमा हवाई आक्रमण हुदा नौ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं : अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी गरेका छन्।

तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक विज्ञप्तिमा सोमबार र मंगलबार राति (बिहान १२ बजे) को बीचमा खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन्।

बीबीसी उर्दूका अनुसार मुजाहिदले विष्फोटमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको दाबी गरेका छन्। उनले मारिएका बालबालिकाको तस्बिर पनि सार्वनजिक गरेका छन्।

उनले कुनार र पक्तियामा पनि हवाई हमला गरिएको दाबी गरेका छन्।  जसमा कम्तीमा चारजना सर्वसाधारण घाइते भएको उनको भनाइ। कुनार प्रान्तका स्थानीयहरूले बीबीसीलाई बताएअनुसार मारावारा,असदाबाद र शेलितान क्षेत्रमा ठूलो विष्फोटको आवाज सुनिएको थियो।

अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सीमाभित्र हवाई हमला गरेको आरोप लगाएको यो पहिलो पटक भने होइन। गत महिनाको सुरुमा अफगानिस्तानले पाकिस्तानमाथि राजधानी काबुललगायत धेरै स्थानहरूमा हवाई हमला गरेको आरोप लगाएको थियो।

अफगान सरकारका प्रवक्ताले लगाएको आरोपको बारेमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। विगतमा पाकिस्तानले अफगानिस्तानभित्र धेरै स्थानहरूलाई लक्षित गरेको काबुलको आरोपलाई अस्वीकार गरेको छ।

यद्यपि गत महिना पाकिस्तानले अफगानिस्तान भित्रका केही सीमावर्ती क्षेत्रहरूमा रहेका आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको स्वीकार गरेको थियो। तहरीक-ए-तालिबान पाकिस्तानको कारबाहीका कारण दुई देशबीचको अवस्था तनावपूर्ण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस