काठमाडौंका सडकमा तीन हजारभन्दा प्रहरी परिचालन
काठमाडौँ । काठमाडौंका सडकमा आज तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। एमाले बागमती प्रदेश कमिटीले शनिबार आयोजना गरेको जनप्रदर्शन र कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल०को भिडभाडलाई मध्यनजर गर्दै काठमाडौंको सडकमा प्रहरी परिचालनलन गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार ३ हजार प्रहरी जनशक्तिले अपुग भएमा थप सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ। आवश्यक परेको खण्डमा उपत्यकास्थित विभिन्न गण तथा गुल्मका टोलीसँग समन्वय गरी थप फौज परिचालन गरिने उनले जानकारी दिए।
एमाले नेतृत्वले प्रदर्शन संयमित हुने प्रतिबद्धता जनाए पनि भिडमा हुनसक्ने सम्भावित घुसपैठ र त्यसबाट उत्पन्न हुने सुरक्षा चुनौतीप्रति प्रहरी उच्च सतर्क अवस्थामा रहेको एसपी भट्टराईले बताए। प्रदर्शनका लागि विभिन्न स्थानबाट जुलुससहित भृकुटीमण्डपमा कार्यकर्ता जम्मा हुने भएकाले काठमाडौं जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिट बिहानैदेखि ड्युटीमा खटिएका छन्।
यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलअन्तर्गत आज दुई वटा खेल हुँदैछन्। बिदाको दिन भएकाले दर्शकको अत्यधिक चाप बढ्ने र सुरक्षा चुनौती थपिने सम्भावनालाई ध्यानमा राख्दै कीर्तिपुर क्षेत्रमा पनि प्रहरीले उच्च सतर्कता अपनाएको छ।
