बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प , कम्तीमा ६ जनाको मृत्यु

द एभरेष्ट पोष्ट
६ मंसिर २०८२ १४:११
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प , कम्तीमा ६ जनाको मृत्यु

एजेन्सी- शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएका छन्। राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए ।

भूकम्प स्थानीय समयअनुसार बिहान १०ः३८ बजे ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो । युएस जियोलोजिकल सर्वे (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रमुनि करिब १० किलोमिटर (६ माइल) गहिराइमा थियो ।

ढाकास्थित डिबिसी टेलिभिजनले कम्तीमा छ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा तीन जनाको निधन हुनुका साथै अर्को तीन जना पैदलयात्रीको भवनको रेलिङ खस्दा ती संरचनामुनि परेर मृत्यु भएको समाचारमा उल्लेख छ ।

बङ्गलादेशी अधिकारीहरूका अनुसार उद्धार तथा क्षति मूल्याङ्कनका कार्य निरन्तर जारी छन् । देशभरका नागरिकलाई सतर्क रहन र सम्भावित परकम्पनबारे सचेत रहन अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस