प्रधानमन्त्री कार्कीका चार सन्देश

द एभरेष्ट पोष्ट
५ मंसिर २०८२ ७:१५
प्रधानमन्त्री कार्कीका चार सन्देश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका १२५ वटा दललाई सरकारको प्राथमिकताबारे जानकारी दिन छलफलका लागि बोलाएकी थिइन् । जुन बैठकबाट उनले सरकार चुनाव गर्ने लक्ष्यमा स्पष्ट रहेको मात्र बताइनन् चुनाव नहुने भन्दै संसद् पुनर्स्थापनाको माग लिएर हिँडिरहेको एमालेलाई उनले  चारवटा सन्देश दिइन् ।

बैठकमा एमालेका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली र विघटित प्रतिनिधिसभा सदस्य महेश बर्तौला सहभागी थिए । एमालेको नाम त प्रधानमन्त्री कार्कीले लिइनन् तर उनका सबै भनाइहरू अहिले संसद् पुनर्स्थापनाको माग राख्ने दलप्रति नै लक्षित थियो ।

एमालेले कार्की नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने भन्दै आशंका गर्दै आएको छ । यतिमात्रै होइन एमालेले सरकारको निर्माण नै असैवंधानिक तवरले भएको भन्दै संसद् पुनर्स्थापनाको हुनुपर्ने अडानसहित अब अदालतमा रिट हाल्ने समेत तयारी गरेको छ ।

एमाले प्रतिनिधिहरूसमेत सहभागी भएको बुधबारको बैठकमा प्रधानमन्त्री कार्कीले उनीहरूका गतिविधि कुनै हालतमा जायज नरहेको सन्देश दिइन् । उनका चार सन्देश यस्ता छन् :

 १. संसद् पुनर्स्थापनाको माग राजनीतिक दुर्घटना निम्त्याउने कोशिस

२. लोकतन्त्रमा विश्वास गर्ने चुनावबाट भाग्ने ?

३. के अराजकता खोजेको हो ?

४. हेट स्पिच बन्द गर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस