एमसीसी नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर सहयोग सुनिश्चित

द एभरेष्ट पोष्ट
४ मंसिर २०८२ १५:२५
एमसीसी नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर सहयोग सुनिश्चित

काठमाडौं : नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको हो।

यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ। यसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ।

यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउन मद्दत गर्ने जनाइएको छ।

सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरको विस्तार हुने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस