कार्की प्रहरी महानिरीक्षक नियुक्त
काठमाडौं,२४ कात्तिक।
अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) दान बहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गरेको हो ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजी कार्कीलाई आईजीपी नियुक्त गरिएको हो ।
कार्कीले अब २७ कात्तिकबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् । विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष नेतृत्वमा रहनेछन् ।उनी २०८४ चैत १७ गतेसम्म सम्म प्रहरीको नेतृत्व मा रहनेछन् ।
गुल्मी जिल्ला मालिका गाउँ पालिका घमिरमा जन्मिएका कार्की २०५४ चैत १८ गते निरीक्षकको पदमा प्रहरी सेवामा प्रवेश गरेका थिए । कार्की २६ मंसिर २०६६ मा डीएसपीमा बढुवा भए ।
कार्कीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । पूर्वी टिमोरमा २ पटक र हाइटीमा १ पटक मिसन गएका छन् ।
