आज मौसममा सुधार, भोलि र पर्सि फेरि पानी पर्ने सम्भावना

द एभरेष्ट पोष्ट
१८ कार्तिक २०८२ ११:२२
आज मौसममा सुधार, भोलि र पर्सि फेरि पानी पर्ने सम्भावना

काठमाण्डौ – हिजोको तुलनामा आज मौसममा सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । तर बादल पुरै हटेको छैन । पश्चिमी वायूको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आजको तुलनामा भोलि बदली र वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

भोलि राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भूभागका एक/दुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै पर्सि बुधवार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भूभागका एक/दुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका यसअघिको जस्तो ठूलो वर्षाको सम्भावना भने छैन । तर पनि कृषि, पर्यटन, पर्वतारोहण, लगायत स्वास्थ्यमा केही असर पर्न सक्ने भएकोले मौसमी जानकारी लिन मौसमविद्को आग्रह छ ।

२०८२ कार्तिक १७ गते (सोमवार) 
दिउँसो : देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राती : कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

२०८२ कार्तिक १८ गते (मंगलवार) 
दिउँसो : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राती :  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भू–भागका एक/दुई ठाउँमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

२०८२ कार्तिक १९ गते (बुधबार) 

दिउँसो : देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भू–भागका एक/दुई ठाउँमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राती :  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस