औपचारिक रूपमै फुट्यो नाउपा, दल दर्ता गराउन गए रेशम, अध्यक्षमा कबीर सोप

द एभरेष्ट पोष्ट
१४ कार्तिक २०८२ १७:०४
औपचारिक रूपमै फुट्यो नाउपा, दल दर्ता गराउन गए रेशम, अध्यक्षमा कबीर सोप

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर रेशम चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

बिहीबार चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गराउन आयोग गएका हुन् ।

एउटै पोसाकमा सजिएर उनी लगायत अब्दुल खानसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।  उनीहरुको पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको छ भने अध्यक्षमा कबीर सोप रहेका छन् ।

नेताहरूका अनुसार यी नेताहरूले दर्ता गराउन गएको पार्टीमा नागरिक उन्मुक्ति पार्टीका असन्तुष्ट नेता र जनमत पार्टीका असन्तुष्ट नेताहरू समावेश हुनेछन् ।

जनमत पार्टीबाट मन्त्रीसमेत भएका खानले करिब एक महिनाअगाडि पार्टी छोडेका थिए।

यता श्रीमतीसँग विवाद भएपछि चौधरीले भने विगत एक वर्षदेखि नाउपाबाट अलग्गिने मनसाय गरेका थिए तर उनले भदौ २३ र २४ गते भएको चेन्ज आन्दोलनपछि पार्टी छाडेको घोषणा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस