भाइटीकाको उत्तम साइत ११ः३९ बजे

काठमाडौं,६ कात्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले भाईटीकाको उत्तम साईत बिहान ११ बजेर ३९ मिनेटमा रहेपनि आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने बताए ।
यमपञ्चक भनिने तिहारको पाँचौ दिन भाईटीकाका रुपमा मनाईन्छ । भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । भाईटीकामा दिदीबहिनीले दाजुभाईको दीर्घायु, सुस्वाथ्य र ऐश्वर्यको कामना गर्दै सप्तरंगी टीका र फूलको माला लगाउने गर्दछन् । दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले दक्षिणा र उपहार दिने चलन छ ।
समितिले भाईटीका लगाउदा दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्कनु शुभ मानिने जनाएको छ ।