हमासले छोडेका ७ बन्धक इजरायल पुगे, आजै १३ बन्धक रिहा हुने

एजेन्सी । युद्धविराम सम्झौताका क्रममा हमासले गाजामा अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई बुझाएका सात जना बन्धकहरू इजरायल पुगेका छन् । यसरी रिहा हुने सबै इजरायली नागरिक हुन् । आजै थप १३ जना जीवित बन्धकहरूलाई मुक्त गरिने तय गरिएको छ ।
अल जजिराका अनुसार, गाजा र कब्जामा रहेका पश्चिमी तटका प्यालेस्टिनीहरूले सम्झौताको भागको रूपमा करिब २,००० जनालाई इजरायली जेलबाट रिहा गरिने क्षणको प्रतिक्षा गरिरहेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगिसकेका छन् । त्यहाँ उनले इजरायली संसदलाई सम्बोधन गर्नेछन् । सम्झौतासम्बन्धी सम्मेलनमा इजिप्टमा सहअध्यक्षको रूपमा भाग पनि लिनेछन् ।
प्यालेस्टिनीहरू उत्तरी गाजामा आफ्नो घरतिर फर्कन सुरु गरेका छन् ।
इजरायलको गाजामाथि युद्धले अक्टोबर २०२३ देखि कम्तीमा ६७ हजार ८ सय ६ जनाको मृत्यु र १ लाख ७० हजार ६६ जना घाइते भएका छन् । अल जजिराको रिपोर्टअनुसार, ७ अक्टोबर २०२३ का आक्रमणहरूमा इजरायलमा कुल १ हजार १ सय ३९ जनाको मृत्यु भयो भने करिब २०० जना बन्धक बनाइएका थिए ।