राष्ट्रपतिले प्रधानमन्त्री र दलहरूसँग आज निर्वाचनबारे छलफल गर्दै

द एभरेष्ट पोष्ट
२४ असोज २०८२ ११:२५
राष्ट्रपतिले प्रधानमन्त्री र दलहरूसँग आज निर्वाचनबारे छलफल गर्दै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको विषयमा छलफल गर्नका लागि आज (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।

राष्ट्रपति पौडेलले शीतलनिवासमै गर्न लागेको यो छलफललाई वर्तमान सरकारको संवैधानिक वैधता र आगामी निर्वाचनको मिति बारे प्रमुख राजनीतिक दलहरूबीच देखिएको मतभेदलाई कम गर्ने प्रयासका रूपमा लिइएको छ।

बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

दीनदुःखीका नारायण (भाग -४)

२२ मंसिर २०८२ २०:३८

दीनदुःखीका नारायण (भाग ३)

२१ मंसिर २०८२ २१:२८

दीनदुःखीका नारायण (भाग-२)

२० मंसिर २०८२ २१:०९

खोज्नुहोस