लगातार २ दिन उच्च अङ्कले घटेकाे शेयर बजार आज बढ्याे

काठमाण्डाै : लगातार २ दिन उच्च अङ्कले घटेकाे शेयर बजार आज बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५९ अङ्कले बढेर २ हजार ५ सय ८२ दशमलव १८ विन्दुमा पुगेकाे छ । शेयर बजार हिजाे र अस्ति गरी २ दिनमा १ सय ३ अङ्कले घटेकाे थियाे ।
आज नेप्से बजार खुलेकाे ३ मिनेटमै १ सय २ अङ्क अर्थात् ४ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि काराेबार राेकिएकाे थियाे । हिजो राष्ट्र बैंकले शेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा खारेज गर्ने निर्णय गरेसँगै आज बजार खुल्नेबित्तिकै लगानीकर्ताहरूमा उत्साह देखिएकाे थियाे । तर सर्किट ब्रेकपछि बजार खुल्दा नेप्सेकाे वृद्धि २२ अङ्कमा खुम्चिन पुग्याे ।
आज व्यापार बाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज २ सय वटा कम्पनीकाे शेयर बढेकाे छ भने ४१ वटाकाे घटेकाे छ । यस्तै १० वटा कम्पनीकाे शेयर घटबढ भएन ।
आज विन्ध्यवासिनी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीकाे शेयर सबैभन्दा धेरै ८ दशमलव २१ प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन थ्री स्टार हाइड्राेपावर कम्पनीकाे शेयर भने ९ प्रतिशतले घटेकाे छ ।
आज नेप्से बढे पनि काराेबार रकम भने घटेकाे छ । हिजाे ५ अर्ब ७६ करोडकाे काराेबार भएकाेमा आज ३ सय १३ वटा कम्पनीका १ कराेड १८ लाख कित्ता शेयर ५ अर्ब २७ कराेड रुपैयाँमा किनबेच भएकाे छ ।