प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

काठमाण्डौ – पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ ।
प्रधानमन्त्री शहबाज सरिफले कार्कीलाई बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको बताएको काठमाण्डौमा रहेको पाकिस्तानी राजदूतावासले जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले कार्कीलाई पठाएको शुभकामना सन्देशमा नेपाली नागरिकको शान्ति र प्रगतिको कामना पनि गरेका छन ।
यसअघि भारत, चीन, अमेरिका बेलायत, जापान, संयुक्त राष्ट्रसङ्घलगायतले कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । पूर्वप्रधानन्यायाधीश कार्की अस्ति शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।