फेसबुक भिडिओ मार्फत रुबि साहको ह’त्या कबुल गरेका लक्ष्मण पासवानले आफ्नै शरीरमा लगाए आगो

काठमाडौँ । रौतहटकी रुबि साहको हत्या गरी सुटकेसमा प्याक गरेर फरार आरोपी लक्ष्मण पासवानले फेसबुक भिडिओ मार्फत हत्या आफैले गरेको स्वीकार गरेका छन् । मङ्गलबार बिहान करिब ५ बजेतेर ‘कुमारी ज्योति’ नामक फेसबुक आईडीमार्फत ९ मिनेट ३६ सेकेन्ड लामो भिडिओ सार्वजनिक गर्दै उनले हत्या कबुल गरेका हुन् ।
उनले भिडिओमा हत्या गर्ने आफ्नो चाहना नभएको, दुवै जना प्रेममा रहेको, रुबिकी आमाले दुःख दिएको र अन्य व्यक्तिहरूले समेत हैरानी दिएको आदि दाबी गरेका छन् । प्रहरीले पक्राउ गरेर आफूलाई जेल हाल्ने र १०/१५ वर्ष जेल हाल्ने कुरा स्वीकार गर्न नसक्ने र आफूले आफैँलाई सजाय दिन शरीरमा आफैँ आगो लगाएर आत्महत्या गर्ने कुरा समेत उनले भिडिओमा बोलेका छन् ।
पासवानले सार्वजनिक गरेको भिडिओ र उनीले आफ्नो शरीरमा आगो लगाइसकेपछि घाइते अवस्थामा प्रहरीले पक्राउ गरिरहेको भिडिओ दुवै यतिखेर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । रौतहटको माधव नारायण नगरपालिका-६ स्थित माधवपुरको बाटोमा पासवानले आफ्नै शरीरमा आगो लगाएको बताइएको छ । रौतहटको माधव नारायण नगरपालिका-२ की २६ वर्षीय रुबी कुमारी साहको गत शनिबार हत्या भएको थियो । उनको सब सुटकेसमा फेला परेको थियो ।