यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १४ सय दिराम तय

द एभरेष्ट पोष्ट
१३ असार २०८२ १०:३६
यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १४ सय दिराम तय

काठ्माण्डौँ- यूएई जाने श्रमिकको तलब कम्तिमा १४ सय दिराम तय भएको छ । आवुधाबीमा रहेको नेपाली दूतावासले नयाँ तलब–स्केल सार्वजनिक गर्दै तोकिएको तलबभन्दा कममा मागपत्र प्रमाणीकरण नहुने जनाएको छ ।
दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब १ हजार दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १४ सय दिराम पाउनुपर्नेछ । त्यस्तै अर्धदक्ष कामदारले मासिक न्यूनतम तलब १२ सय दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १६ सय दिराम पाउनुपर्छ ।

दक्ष कामदारले मासिक न्यूनतम तलब १५ सय दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १९ सय दिराम पाउनुपर्छ । उच्च दक्षता भएका श्रमिकको हकमा न्यूनतम ६ हजार दिराम तलब र खाना खर्च ६ सय गरी कम्तीमा छ हजार चार सय दिराम हुनुपर्छ ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यूएई जाने नेपाली कामदारको न्यूनतम तलब मासिक एक हजार दिराम हुनुपर्ने निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस