ट्रम्पको ‘युद्धविराम’ घोषणाबारे इरान भन्छ, ‘पहिले इजरेलले आक्रमण रोकोस्’

द एभरेष्ट पोष्ट
१० असार २०८२ ९:२०
ट्रम्पको ‘युद्धविराम’ घोषणाबारे इरान भन्छ, ‘पहिले इजरेलले आक्रमण रोकोस्’

इजरेलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी विपरीत टिप्पणी गरेको छ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले अहिलेसम्म सैन्य कारबाही रोक्ने कुनै सहमति नभइसकेको भनेका छन् – तर यदि इजरेलले इरानमाथिको हमला रोकेको खण्डमा इरानले थप सैन्य कारबाही नगर्ने उनले बताए।

उनको यो भनाइ आउनु केही मिनेट अगाडि तेहरानमा शक्तिशाली विस्फोटहरू भएका थिए अनि त्यहाँको आकासमा लडाकू विमानहरू उडिरहेका थिए।

अराग्चीले उनको देशले अन्तिम मिनेटसम्म इजरेललाई ‘सजाय’ दिन जारी राख्ने बताए।

ट्रम्पले के भनेका थिए?

यसअघि ट्रम्पले ‘चरणबद्ध युद्धविराम’को सहमति भएको भनेर दाबी गरेका थिए।

डोनल्ड ट्रम्प

तर इजरेलभन्दा कैयन् घण्टा अगाडि नै इरानले आफ्ना तर्फबाट आक्रमण रोक्ने पनि उनले जनाएका थिए।

सामाजिक सञ्जालमा राखिएको पोस्टमा ट्रम्पले यो चरणबद्ध युद्धविराम केही घण्टामै लागु हुने भनेका थिए।

ट्रम्पले दिएका जानकारी अनुसार आरम्भमा इरानले युद्धविराम गर्नेछ। त्यसको १२ घण्टापश्चात् इजरेलले उसका सैन्य कारबाही रोक्नेछ।

तर पहिले दुवै देशले तिनले थालिसकेका अन्तिम सैन्य कारबाहीहरू सम्पन्न गर्ने उनले बताएका थिए।

अहिले इजरेलले’अभूतपूर्व शक्तिका साथ इरानमा निसानाहरूमा प्रहार गरिरहेको’ त्यहाँका रक्षामन्त्रीले बताएका थिए।

इरानले चाहिँ इजरेलको तेल अभिभ सहर नजिकै रहेको रमात गान नगरबाट मानिसहरूलाई अन्यत्र जान चेतावनी दिएको थियो।

राष्ट्रपति ट्रम्पका अनुसार ‘२४औँ घण्टा’को अन्त्यपछि यो युद्ध आधिकारिक रूपमै टुङ्गिनेछ।

कतारी अखडामा इरानको हमला

राष्ट्रपति ट्रम्पले युद्धविरामको घोषणा भएको दाबी गर्नुभन्दा केही घण्टा अगाडि इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गर्दै त्यसलाई उसको परमाणु केन्द्रहरूमा अमेरिकाले गरेको हमलाको ‘शक्तिशाली जवाफ’ भनेको थियो।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले ६ वटा क्षेप्यास्त्र प्रहार गरेको जनायो – अमेरिकाले फोर्दोको प्रशोधन केन्द्रमा गरेको हमलाको सङ्ख्याकै बराबर।

इरानी हमलामा कुनै हताहती नभएको कतारले जनाएको छ। ट्रम्पले पनि त्यसको पुष्टि गरे।

केही घण्टापश्चात् कतारले उसको हवाई क्षेत्र खुला गरेको थियो।

कतार, अन्य खाडी राष्ट्र तथा राष्ट्रसङ्घ सबैले उक्त इरानी कारबाहीको निन्दा गरेका थिए।

सम्भावित युद्धविरामका बारे हामीलाई थाहा भएका र नभएका कुराहरू

केही घन्टाअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र इजरेलबीच युद्धविराम सहमतिको घोषणा गरेका थिए तर त्यसबेला ती दुवै देशले अमेरिकी राष्ट्रपतिले गरेका घोषणाको पुष्टि गरेका थिएनन्।

अहिले केहीसमयअघि इरानले त्यस्तो घोषणाप्रति सशर्त प्रतिक्रिया जनाएको छ। इजरेलको तर्फबाट भने कुनै विवरण प्राप्त भैसकेको छैन। यस्को अर्थ युद्धविराम लागु हुने विषयलाई लिएर अन्योल कायमै छ।

हामीलाई थाहा भएका कुराः

१. कतारमा स्थानीय समयअनुसार बेलुकीको आठ बजेतिर इरानले त्यहाँ अवस्थित अमेरिकी हवाई अखाडालाई निशाना बनाएर क्षेप्यास्त्र हमला गरेको थियो। ती हमलामा हताहती भएको विवरण आएको छैन।

२. त्यस्तो हमलाको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र इजरेल युद्धविरामका लागि सहमत भएको घोषणा सामाजिक सञ्जालमा एक सन्देश लेखेर गरेका थिए। उनले २४ घन्टाभित्र दुवै पक्षले एकअर्का विरुद्धका हमला रोक्ने बताएका थिए।

३. तर इरान र इजरेलले एकअर्का विरुद्ध हमला जारी राखेका विवरणहरू आइरहेका छन् र तेहरानमा विभिन्न स्थानमा विस्फोटका घटनाहरू भएका बताइएको छ।

४. इरानका विदेशमन्त्रीले भनेका छन् यदि इजरेलले स्थानीय समय अनुसार बिहानको ४ बजेसम्ममा हमलाहरू बन्द गरेको खण्डमा आफूहरूबाट पनि जवाफी हमला हुने छैन।

हामीलाई थाहा नभएको कुराः

१. इजरेलले दुवै पक्षले २४ घन्टाभित्र लडाईँ बन्द गर्नेछन् भन्ने दाबीप्रति औपचारिक प्रतिक्रिया जनाइसकेको छैन।

वीवीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस