अमेरिकामा ५० वटै राज्यमा फैलिएको शेर्पा चियाको कथा

द एभरेष्ट पोष्ट
२५ जेठ २०८२ ११:०२
अमेरिकामा ५० वटै राज्यमा फैलिएको शेर्पा चियाको कथा

दीर्घराज उपाध्याय, कोलोराडो ।
अमेरिकाको कोलोराडोलाई केन्द्र बनाएर टे«किङ, रेष्टुरेण्ट र रियल स्टेटको व्यवसायमा संलग्न पेम्वा शेर्पा व्यवसायीक कामले प्लेनमा यात्रा गरिरहन्थे । प्लेनमा वाल स्ट्रिट दिईन्थ्यो । उनी त्यो अद्योपान्त पढ्थे । एक यात्राका क्रममा उनले स्टार बक्सका मालिक ब्रायन निकोलको कथा पढे । उनी निकोलको कथाबाट प्रभावित भए । उनको दिमागमा पनि एउटा आईडिया फु¥यो । उनले सोचे, पाहुनालाई स्वागतमा चिया दिने नेपालीको संस्कार छ । त्यही चिया बेचेर विदेशी अर्वपती भएका छन् । त्यो काम मैले किन नगर्ने ?

उनी आफ्नो रेष्टुरेण्टको भान्छाभित्र पसे । उनले चिया बनाएर हेरे । त्यसको स्वाद चाखे । चिया त सधै खान्थे । आमाले दिने चियाको कपबाट उनको हरेक बिहानी शुरु हुन्थ्यो । उनले चियामाथि प्रयोग गरेको दिन थियो । त्यसैदिन उनले निधो गरे– आफूले खाने चिया संसारलाई बेच्छु ।

चियाको बजारको अध्ययन गरे । चिया उद्योग खोल्नका लाईसेन्स चाहिने । लाईसेन्सका लागि त्यही विषयमा अध्ययन गरेको हुनुपर्ने । उनले दुई जना अमेरिकनलाई पढ्न पठाए । त्यसपछि उनले चियाको नाम जुराए–शेर्पा चाय । र, खोले उद्योग ।
पहिलो उत्पादन दुई वटा कफि पसलमा पठाए । राम्रो रेस्पोन्स पाए । उनले थप पसलहरुमा शेर्पा चाय राखे । सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाए । उनी उत्साही भए ।

चियाको उद्योग सञ्चालनमा ल्याएको पहिलो वर्ष सन २०१५ मा शेर्पा चियाको कारोवार सामान्य रह्यो । दोस्रो वर्ष नै चियामा शेर्पा चियाले ६७,००० डलरको कारोवार ग¥यो । गतवर्ष २.७ मिलियन कारोवार गरेको शेर्पा चियाको कारोवार यस वर्ष ४ मिलियन डलर नाघ्ने अनुमान छ । अर्को वर्ष छ मिलियन र त्यसपछि उत्पादन बृद्धिसंगै कारोवार पनि जम्प हुने शेर्पाको विश्वास छ । केही वर्षभित्र शेर्पा चियाको वार्षिक कारोवार ५० मिलियनको पु¥याउने उनको लक्ष्य छ । केही मिलियन डलरबाट शुरु गरेको शेर्पा चिया उद्योगको भ्यालु हाल ४० मिलियन पुगेको छ ।

हाल दैनिक छ सय ग्यालेन चिया उत्पादन हुने गरेको छ । केही समयमै तीन गुणा बढि (१८०० ग्यालेन) उत्पादन गर्ने गरी उद्योगको क्षमता बृद्धि गरिदैछ । एउटा फ्लेवरबाट शुरु गरेको शेर्पा चियाका यतिबेला सात वटा फ्लेवर बजारमा उपलब्ध छन् ।
होर्लपुलका ५० वटा राज्यका ५१५ वटा स्टोरमा शेर्पा चिया बिक्री भईरहेको छ । त्यस्तै क्रोगरका अमेरिकाभरी २७०० स्टोर छन् । जसमध्ये दुई सय बढि स्टोरमा शेर्पा चिया उपलब्ध छ । त्योसंगै अमेरिकाका झण्डै तीन हजार स्टोरमा शेर्पा चिया पाईन्छ । अवको एक वर्षमा अमेरिकाका १० हजार स्टोरमा पु¥याउने उनको लक्ष्य छ ।

एक दशकअघि बोल्डरस्थित शेर्पा रेष्टुरेण्टमा ताप्केमा तताएर शुरु गरिएको शेर्पा चियाको उत्पादन उद्योग हाल लुईस भेलको ७२०० फिटमा फैलिएको छ । हरेक वर्ष व्यापार बृद्धि हुदै गएपछि उद्योगको क्षेत्रफल साँघुरो हुन थाल्यो । १० वर्षमा शेर्पाले चार ठाउँमा उद्योग सारिसके । केही समयमा अहिले उद्योग रहेको क्षेत्र पनि सानो हुने देखिन्छ ।

गोविन्द कोईरालाले शेर्पा चाय उद्योगको उत्पादन प्रमुख हुन् । नेपालमा पेम्बा शेर्पाको ट्रेकिङ अफिसमा काम गर्ने उनी त्यहाँको अफिस बन्द भएपछि दुई दशकअघि अमेरिका आएका हुन् । अमेरिकामा आएपछि शेर्पा रेष्टुरेण्टमा काम गर्दै आएका कोईरालाले शेर्पा चिया सञ्चालनकै लागि रेष्टुरेण्टको जागीर छोडेर माईक्रो वायोलोजी पढे । र, उनैले शेर्पा चियाको नेतृत्व  सम्हाले ।

यसअघि अमेरिकामा तीन जना नेपालीले कुकुरको खाना बनाउने कम्पनी हिमालयन डक्च्यु चलाएका थिए । नेपालीहरुले चलाएको यो नै सबैभन्दा ठूलो उद्योग मानिन्थ्यो । पछिल्लो समय चिया अमेरिकाको सबैभन्दा ठूलो बजार ओगट्ने उत्पादनमा दरिएको छ ।

हिन्दीमा चाय शब्द प्रचलित भएकोले शेर्पाले चियाको नामाकरण शेर्पा चाय गरेका छन् । यद्दपि अमेरिकी बजारका चियाका पारखीहरुलाई उनले नेपाली चियाको स्वाद बाडीरहेका छन् ।

उनी प्रत्येक महिना ३० हजार डलरको नेपाली चिया पत्ती किन्छन् । फिदिमबाट हरेक दुई महिनामा दुई सय बोरा चियापत्ती नेपालबाट लुईसभेल आईपुग्छ । अन्य चिया भन्दा नेपाली चिया महंगो छ । उनी चाहन्छन्, नेपालीका हातमा परोस । त्यसैले उनी महंगो भएपनि नेपाली चिया नै किन्ने गरेको बताउछन् ।

उनको हरेक दिनको शुरुवात आमाको हातको चियाबाट हुने गथ्र्यो । अमेरिकी नागरिकको दिनको शुरुवात भने उनले शेर्पा चियाको स्वादसंगै गर्ने उनको अठोट छ । त्यही अठोटले उनी शेर्पा चियालाई केही वर्षमै अमेरिकाका ५० वटै राज्यमा विस्तार गर्न सफल भएका हुन् ।

हामी केही वर्षमै अमेरिकामा सबै राज्यका अधिकांश स्टोरमा शेर्पा चिया पुर्याउने लक्ष्यका साथ अघि बढेको छौ, शेर्पा भन्छन्, शेर्पा चिया एक पटक पिउने मान्छे त्यसपछि अर्को चिया पिउदैन । हामीले त्यो स्तरको चिया अमेरिकाको बजारमा ल्याएका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस