केआईआईटीले भन्यो: प्रिसाले आत्महत्या गरेकी हुन्

द एभरेष्ट पोष्ट
१९ वैशाख २०८२ १८:१०
केआईआईटीले भन्यो: प्रिसाले आत्महत्या गरेकी हुन्

काठमाण्डु– भारतको ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली छात्रा प्रिसा साहले आत्महत्या गरेको बताएको छ ।

विज्ञप्तिमा बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाले आत्महत्या गरेको उल्लेख छ ।

घटना थाहा पाउनासाथ कलेज प्रशासनले प्रहरीलाई खबर गरेको र त्यसपछि छात्रालाई किम्स अस्पताल लगिएको चिकित्सकले मृत घोषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

कलेजले विद्यार्थीको परिवारलाई घटनाबारे जानकारी गराइएको भन्दै प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताउँदै दुःखको घडीमा कलेज विद्यार्थीको परिवार तथा नेपाली विद्यार्थीसँग साथमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

वीरगन्ज घर भएकी १८ वर्षीया साह बिहीबार साँझ कलेजको होस्टलमा झुण्डिएर आत्महत्या गरेको अवस्था मृत भेटिएकी थिइन् । अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।

केआईआईटीमा पछिल्लो तीन महिनामा दोस्रो नेपाली विद्यार्थीको मृत्यु भएको हो । यसअघि बुटवलकी प्रकृति लम्साल सो क्याम्पसको होस्टलमा मृत भेटिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस