इरानको बन्दरगाहमा विस्फोटमा १८ को मृत्यु
ऐजेन्सी । ईरानको दक्षिणी सहर बन्दर अब्बासको शाहिद राजाई बन्दरगाहमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । विस्फोटमा ८०० जना घाइते भएको प्रशासनले जानकारी दिएको छ।
विष्फोट शनिबार बिहान भएको थियो । विष्फोट यति ठूलो थियो कि वरपरका अफिसहरूको झ्यालसमेत फुटेका थिए ।
घटनास्थलबाट आएका धेरै तस्बिर र भिडियोहरूमा मानिसहरू भागिरहेको र केही घाइते सडकमा लडिरहेको देखिएको छ। शाहिद राजाई बन्दरगाह ईरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह हो ।
ट्रेन्डिङ
सम्बन्धित
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
