पुटिनद्वारा युक्रेन युद्धविराम घोषणा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविराम घोषणा गरेका छन् ।
राष्ट्रपति पुटिनले क्रेमलिनबाट सम्बोधन गर्दै इस्टरको अवसरमा स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्ने घोषणा गरेका हुन् । यो बीचमा यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गर्यो भने रुसले जवाफी कारबाही गर्ने पनि उनको भनाइ छ ।
युद्धविराम निर्णयबारे युक्रेनी पक्षको प्रतिक्रिया भने आइसकेको छैन ।
ट्रेन्डिङ
सम्बन्धित
ट्रम्प–पुटिन वार्ता रद्द भएको केही घण्टामा रुसी हवाई हमला हुँदा बालबालिका पनि मारिए
६ कार्तिक २०८२ २१:४८
