हेलेन आँधीले अमेरिकामा विनाश, ३ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा हेलेन आँधीले विनाश मच्चाएको छ। हेलेनलाई ‘धेरै खतरनाक’ चक्रवातको श्रेणीमा समावेश गरिएको छ।
अमेरिकाको नेसनल हरिकेन सेन्टरका अनुसार हेलेन आँधीको समयमा २२५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।
बिहीबार राति फ्लोरिडाको ताम्पामा हेलेन आँधीका कारण एक जनाको मृत्यु भएको छ। यस क्रममा पास्को काउन्टीमा ६५ जनाको उद्धार गरिएको छ।
जब हेलेन आँधी फ्लोरिडाबाट जर्जिया पुग्यो, तब १७७ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो।
जर्जियाको ह्विलर काउन्टीमा यो आँधीका कारण दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आँधी फ्लोरिडाको भित्री भागतर्फ सर्दै गर्दा हावाको गति ४८ किलोमिटर प्रतिघण्टामा झरेको छ।
नेसनल हरिकेन सेन्टरले यो आँधी अहिले कमजोर भए पनि यसले खतरनाक अवस्था सिर्जना गर्न सक्ने जनाएको छ।
हुरिकेन सेन्टरले यस आँधीका कारण अमेरिकाको एपलाचियन पर्वतको दक्षिणी भागमा धेरै पहिरो जाने सम्भावना रहेको चेतावनी दिएको छ।
हेलेन आँधीका कारण ६ देखि १२ इन्च र केही क्षेत्रमा २० इन्चसम्म वर्षा हुने सम्भावना रहेको सेन्टरले जनाएको छ।