सुनचाँदीको मूल्य सामान्य घट्यो
काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला चार सय र चाँदी प्रतितोला १० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला चार हजार ६०५ रुपैयामा कारोबार भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ७०० र चाँदी चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।
