सुनको भाउ निरन्तर ओरालो
काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
