सानिगाड हाइड्रोको आईपीओ खुल्यो

द एभरेष्ट पोष्ट
८ चैत २०८२ ११:४२
सानिगाड हाइड्रोको आईपीओ खुल्यो

काठमाडौँ- सानिगाड हाइड्रो लिमिटेडले आइतबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएकोमा यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र पाँच लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ ।

स्थानीयतर्फ बझाङको बुंगल नगरपालिकाका वडा नं. १, २ र ४ का अतिप्रभावित तथा अन्य वडाका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

न्यूनतम् १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

स्थानीयका लागि आईपीओ छिटोमा चैत २२ गतेसम्म खुला रहनेछ भने ढिलोमा वैशाख ७ गतेसम्म लम्बिन सक्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस