सुनको मूल्य साढे १२ हजारले घट्यो

द एभरेष्ट पोष्ट
८ चैत २०८२ ११:०५
सुनको मूल्य साढे १२ हजारले घट्यो

काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ । आइबार प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस