सुनको मूल्य ७ हजार ८०० रुपैयाँले घट्यो
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ७ हजार ८०० रुपैयाँ र चाँदी ११५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।
हिजो (बिहीबार) एक तोला सुन ३ लाख २ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
