नेपालमा सामसुङ ग्यालेक्सी ट्याब ए११+ सार्वजनिक

द एभरेष्ट पोष्ट
२० मंसिर २०८२ १२:५७
नेपालमा सामसुङ ग्यालेक्सी ट्याब ए११+ सार्वजनिक

काठमाडौं : सामसुङले विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै नेपालमा नयाँ ग्यालेक्सी ट्याब ए११+ औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो ट्याब्लेटमा स्मार्ट एआई क्षमता, प्रिमियम मेटल डिजाइन र शक्तिशाली प्रदर्शनको आकर्षक संयोजन रहेको कम्पनीले जनाएको छ।

सिल्भर र ग्रे कलरमा उपलब्ध ट्याब ए११+ मा ११-इन्चको इमर्सिभ डिस्प्ले र डोल्बी एट्मससहितको क्वाड स्पिकर जडान गरिएको छ। यसले मनोरञ्जन र अनलाइन अध्ययनका लागि उत्कृष्ट भिजुअल तथा सन्तुलित ध्वनि अनुभव प्रदान गर्छ।

ट्याब्लेटमा 4nm MediaTek MT8775 प्रोसेसर रहेको छ। जसले द्रुत मल्टिटास्किङ र स्मूथ प्रदर्शन सुनिश्चित गर्छ। यस ट्याब्लेटका मुख्य एआई फिचरहरू यस प्रकार छन्:

गुगल जेमिनी: दैनिक कामको लागि स्मार्ट संवादात्मक एआई सहायता।
सर्कल टू सर्च: स्क्रिनको सामग्री चिन्ह लगाएर तुरुन्त उत्तर पाउने सुविधा।
रियल-टाइम टेक्स्ट अनुवाद र सामसुङ नोट्समा गणितीय समस्याको चरणबद्ध समाधान।

दीर्घकालीन समर्थन र मूल्य:

ए-सिरिजमा ठूलो अपग्रेडका रूपमा ट्याब ए११+ ले सात जेनेरेशनसम्म वान यूआई अपग्रेड र सात वर्षसम्म सुरक्षा अपडेट को समर्थन गर्छ।
सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ट्याब ए११+ मार्फत नेपालमा प्रिमियम उत्पादकता र एआई-आधारित शिक्षालाई धेरै प्रयोगकर्तासम्म पुर्‍याउने लक्ष्य रहेको बताए। उपभोक्ताको सहजताका लागि सामसुङले प्रमुख वित्तीय संस्थासँगको सहकार्यमा शून्य-व्याज ईएमआई (इनस्टा फाइनान्स) सुविधा पनि उपलब्ध गराएको छ।

नेपालमा मूल्य विवरण:

फाइभजी भेरियन्ट (8GB/256GB): रु. ४७,९९९
वाइफाइ भेरियन्ट (6GB/128GB): रु. ३४,९९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस