लोक सेवा आयोगद्वारा कर्मचारी माग

द एभरेष्ट पोष्ट
२७ कार्तिक २०८२ १३:३९
लोक सेवा आयोगद्वारा कर्मचारी माग

काठमाडौं- लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ ।

बुधबार आयोगले एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन खुलाएको हो ।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नागरिकले आगामी मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस