नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ ।

स्विटजरल्यान्डको जेनेभामा सम्पन्न ‘सिड’ कमिटीको ९०औँ बैठकमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष डा लिली थापाले सो विषय प्रवेश गराएका हुन् ।

उनले सीमान्तकृत समुदायका महिलाको न्यायमा पहुँच पुर्‍याउन चुनौती रहेको उल्लेख गर्दै सो महासन्धिमा भएका प्रावधानलाई कार्यान्वयन गरी थप प्रगति हासिल गर्न नेपाल सरकारसँगसमेत आग्रह गरे।

आयोगकी सदस्य डा थापाले नेपालमा महिला अधिकारको प्रवर्द्धनमा भएको प्रगतिलाई सकारात्मक मूल्याङ्कन गर्दै कानुनी संरचनामा अझै सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।

आमाको नामबाट नागरिकता प्राप्त गर्न अझै जटिलता रहेको जनाउँदै  विधवा महिलाको सामाजिक न्यायको संवैधानिक हक प्राप्तिमा चुनौती रहेको र एकल महिला सुरक्षाकोष स्थानीयकरण तथा कार्यान्वयन हुन नसकेकाले अधिकांश एकल महिला सुरक्षाकोषबाट सहयोग लिन वञ्चित भएको विषयवस्तु उजागर गरी विश्व समुदायको ध्यानाकर्षण गरेको उनले जानकारी दिए।

यसैगरी, एकल महिला सुरक्षाकोषको यथाशीघ्र कार्यान्वयनका लागि राज्य गम्भीर हुनुपर्ने विषय बैठकसहित मुलुकका विभिन्न जातजाति, क्षेत्र, वर्ग, लिङ्गलगायतका क्षेत्रमा हुने गरेका सबै प्रकारका विभेद अन्त्यका लागि व्यवस्था गरिएका संवैधानिक प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुपर्ने मुद्दा उठाइको उनले बताए।

एकल महिला समूहले करिब तीन दशकदेखि नेपालमा एकल महिलाको हक अधिकार, न्याय, सहभागिता अभिवृद्धि, लैङ्गिक समानता, मानवअधिकार, शान्ति तथा न्याय र मानवीय सहयोगको क्षेत्रमा काम गर्दै आएको मानव अधिकारका लागि महिला, एकल महिला समूहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यूएसएडको विषयलाई लिएर कर्मचारी सङ्गठनद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अमेरिकी सहयोग नियोग (यूएसएड)लाई दिने रकम कटौतीको निर्णयविरुद्ध दुई ठूला कर्मचारी सङ्गठनहरू अदालत पुगेका छन् ।

कर्मचारी सङ्गठनहरू अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लाइज र अमेरिकन फरेन सर्भिस एसोसिएसनले वाशिंगटन, डी.सी. को संघीय अदालतमा दायर गरेको मुद्दामा ट्रम्प प्रशासनको निर्णयलाई “विश्वव्यापी मानवीय संकट सिर्जना गर्ने असंवैधानिक र गैरकानूनी कार्य” भनेका छन् ।

मुद्दामा ट्रम्प र राज्य कोष विभागहरूलाई प्रतिवादी बनाइएका छन् । “यूएसएडको विघटनले विनाशकारी मानवीय परिणामहरू निम्त्याउने छ,” बिहीबार दर्ता गरिएको मुद्दामा भनिएको छ । जसमा मलेरिया र एचआईभीसँग लड्ने प्रयासहरू बन्द गर्ने विषय पनि उठाइएका छन् ।

ट्रम्पको विदेशी सहायता रोक्ने र यूएसएड बन्दले भोकमरी मेटाउने विश्वव्यापी प्रयासहरूलाई पनि अपाङ्ग बनाएको उनीहरूको तर्क छ ।

सन् १९९८ मा कांग्रेसले पारित गरेको कानूनमा स्वतन्त्र एजेन्सीको रूपमा स्थापित युएसएडलाई विघटन गर्नु ट्रम्पको अधिकारभन्दा बाहिरको विषय भएको उनीहरूको दाबी छ । साथै, राष्ट्रको कानूनलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने कर्तव्यको उल्लङ्घन हुने उनीहरूको भनाइ छ ।

यसले युएसएडको कोष पुनर्स्थापित गर्न, यसको कार्यालयहरू पुन: खोल्न र यसलाई विघटन गर्न थप आदेशहरू रोक्न अदालतबाट अल्पकाली र अन्तरिम आदेशको माग गरिएको छ ।

ट्रम्प प्रशासनले १०,००० भन्दा बढी मध्ये ३०० भन्दा कम कर्मचारीहरूलाई मात्रै राख्ने योजना बनाएको कर्मचारी सङ्गठनको दावी छ ।

ट्रम्पले राष्ट्रपति पदको सपथ ग्रहण गरेसँगै अमेरिकी विदेश विभागले विश्वभरका यूएसएड परियोजनाहरू रोक्ने, एजेन्सी कम्प्युटर प्रणालीहरू अफलाइन हुने र कर्मचारीहरूलाई अचानक बर्खास्त गर्ने र बिदामा राख्ने आदेशहरू जारी गरेको थियो ।

ह्वाइटहाउस र विभागहरूले भने अहिलेसम्म दायर भएको मुद्दामाथि कुनै टिप्पणी गरेका छैनन् ।

महिला टि-ट्वान्टी आई सिरिजको उपाधि थाइल्याण्डलाई

काठमाडौं – थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि जितेको छ। अन्तिम खेलमा शुक्रवार नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिजको उपाधि जितेको छ।

सिरिजमा खेलेको ६ मध्ये ५ खेलमा जित हात पार्दै १० अंकका साथ थाइल्याण्ड च्याम्पियन बन्यो। नेपालले सिरिजमा सबै ६ खेल हार्यो।

८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। थाइल्याण्डको जितमा कप्तान नारुइमोल चाइवाईले नट आउट रहँदै सर्वाधिक २७ रन जोडिन्। नान्नापत खोन्चरोएन्कले ३२ बलमा २३ रन बनाइन्।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्यो।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन्। उनले २९ बलमा १ चौका प्रहार गरिन्। कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाइन्। कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन्।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३, चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन्। सिरिजमा नेपाल, थाइल्याण्डसहित नेदरल्याण्ड्सको सहभागिता थियो।नेदरल्याण्ड्स ८ अंकका साथ दोस्रो भयो।

रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उनको सांसद पद फुकुवा गर्न माग गरेका हुन् ।

रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए । उनले भने, “थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु ।”

रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गरिन् । सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाइन् ।

शून्य समयमा सांसदहरुले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या उजागर गरेका थिए । सो क्रममा सांसद ठाकुरप्रसाद गेरैले बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न हुने गरी काम गर्न सुझाव दिए ।

सांसद तारा लामा तामाङले उखु किसानले समयमै भुक्तानी पाउनुपर्ने माग गरे । कञ्चनपुरमा हात्ती आतङ्कका कारण कृषिमा क्षति पुगेको भन्दै उनले किसानलाई उचित क्षतिपूर्तिको माग गरे ।

सांसद डा तोसिमा कार्कीले ललितपुरका नागरिकले टिपर आतङ्कका कारण दुःख पाइरहेको गुनासो गरिन् । नख्खु–भैँसीपाटी सडकमा ट्याक्टर आतङ्कले दुर्घटना बढेकाले बस्ती भएको क्षेत्रमा ट्याक्टर चलाउन निषेध गर्नुपर्ने बताइन् ।

सांसद दामोदर पौडेल बैरागीले दु्रतगतिमा जनतालाई सेवा दिनेगरी विधेयक बनेको भन्दै पोखरा अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र र पोखरामा मुटु उपचार केन्द्रको आवश्यकता रहेको बताए ।

सांसद दुर्गा राईले पाथीभरामा केबलकार निर्माणको विषयमा ताप्लेजुङ अशान्त रहेकाले सहमति नलीइकन काम गर्न खोजेको आपत्ति जनाइन् ।

सांसद देवेन्द्र पौडेलले बाङलुङको ढोरपाटनमा जिल्लास्तरीय अस्पताल बनाउने निर्णय भए पनि आवश्यक चिकित्सक र स्वास्थ्य सेवा उपलब्ध गराउन अनुरोध गरे ।

सांसद धनराज गुरुङले बुटवल सिद्धार्थ राजमार्गको स्तरोन्नतिलाई दु्रत गतिमा अगाडि बढाउन माग गरे ।

सांसदहरु धुव्रबहादुर प्रधान, नारायणप्रकाश साउद, नारायणप्रसाद आचार्य, दीपा शर्मा, नारायणी शर्मा, निर्मला कोइराला, निशा डाँगी, नैनकला थापा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तिमगर, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रभु हजारा, पे्रमबहादुर आले, प्रेमबहादुर महर्जन, वासुदेव घिमिरे र विन्दवासिनी कङ्सकारले शून्य समयमा विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।

धनगढीका १९ वर्षीय जयन्त बिस्टले बनाएको अनलाइन प्लेटफर्म, जहाँ दैनिक पढ्छन् हजारौँ विद्यार्थी

काठमाडौं । धनगढीको ग्यालेक्सी सेकेन्डरी स्कुलमा विज्ञान विषय पढ्दै गर्दा १६ वर्षीय जयन्त बिस्टको मनमा एउटा तृष्णा पलायो, कम्प्युटर इन्जिनियरिङ पढ्ने । कतै कुनै प्रसङ्गमा उनले कम्प्युटर इन्जिनियरिङ नयाँ युगका लागि अपरिहार्य भएको कुरा सुनेका थिए । त्यसैको प्रभावले होला उनको कलिलो मस्तिष्क कम्प्युटरबारे सिक्न, बुझ्न र नयाँ प्रविधि खोतल्न उत्सुक थियो ।

कम्प्युटर इन्जिनियरिङ पढ्न पहिला इन्ट्रान्समा नाम निकाल्नुपर्छ भन्ने बुझेका थिए, उनले । त्यसैले कक्षा ११ देखि नै इन्टरनेटमा इन्जिनियरिङका कोर्सहरू खोजेर पढ्ने योजनामा लागे । इन्टरनेटमा केही जानकारी खोज्ने बित्तिकै सहजै भेटिन्छ भन्ने मानसिकतामा हुर्किएका उनी उत्साहित हुँदै उपयुक्त वेबपेज खोज्थे । केही सान्दर्भिक वेबसाइट नभेटिएका पनि होइनन् । तर, उनले अपेक्षा गरे अनुसारका सामग्री त्यहाँ देखिएनन्, भेटिएनन् ।

तर डिजिटल संसारमा इन्टरनेट र वेबपेज मात्र सामग्री खोज्ने सीमित ठाउँ हुन् भन्ने हुँदैन । वेबपेजमा आफू अनुकूलका सामग्री नभेटाएका बिस्टले फेसबुक नियाल्न थाले । “फेसबुकमा पनि इन्जिनियरिङ अध्ययन सम्बन्धी कन्टेन्ट भेटाउनै गाह्रो भयो,” उनी सम्झिन्छन्, “केही ग्रुप थिए । तर, ती सबै सञ्चालकको आफ्नै नियन्त्रणमा चल्ने । छलफल गर्ने भनेर पो फेसबुक ग्रुप खोलिएको हुन्छ । तर, सबै सञ्चालकले आफ्नो चाहना, अझ भनौँ स्वार्थका लागि प्रयोग गर्न थालेपछि कहाँ प्रभावकारी हुन्छ ?”

भेटिएका ग्रुपमा पर्याप्त छलफल हुँदैनथ्यो । बिस्टले यो कमजोरी पत्ता लगाएर आफैँले फेसबुक ग्रुप खोले, ‘आईओई इन्ट्रान्स प्रिप्रेसन’ । ग्रुप खोलेपछि उनले विभिन्न माध्यमबाट सामग्री सङ्कलन गर्दै त्यसमा पोस्ट गर्न थाले । पर्याप्त अध्ययन सामग्री, छलफल गर्ने गज्जबको प्लेटफर्म फेला पारेपछि यसमा जोडिनेहरू बढ्दै गए ।

“धेरैलाई यस्तो प्लेटफर्म चाहिएको रहेछ भन्ने महसुस भयो,” उनी भन्छन्, “सबैलाई समान रूपमा पोस्ट, विचार, प्रश्न राख्ने सुविधा दिएँ । छलफल गर्न उपयुक्त हुने देखेर धेरै जना जोडिँदै जानुभयो ।”

पछि उनलाई इन्जिनियरिङ अध्ययन संस्थानको मात्र नभई ‘कमन इन्ट्रान्स इक्जामिनेसन’ (सीईई) को पनि आवश्यकता महसुस भयो । त्यसपछि उनले ‘सीईई इन्ट्रान्स प्रिपरेसन’ नामक अर्को समूह खोले । त्यसमा पनि विद्यार्थीहरू जोडिने क्रम उस्तै ।

परिवारको दबाबमा जियोमेट्रिक्स इन्जिनियरिङ

आफैँले फेसबुक ग्रुप खोलेर इन्ट्रान्सको तयारी गरिरहेका बिस्टलाई परिवारबाट भने जियोमेट्रिक्स इन्जिनिरिङ पढ्ने दबाब थियो । “खासमा दिदीलाई जियोमेन्ट्रिक्स इन्जिनियरिङ पढाउने बुबाको सपना थियो । तर, दिदीले साथीको लहलहैमा लागेर अमिन पढ्न थाल्नुभयो । त्यसपछि त जियोमेट्रिक्स इन्जिनियरिङ पढ्ने दबाब मतिर सर्‍यो,” उनी थप्छन् ।

बिस्टका बुबा सरकारी विद्यालयका शिक्षक अर्थात् सरकारी जागिरे । त्यसैले नै होला, छोराछोरीलाई पनि त्यतैतर्फ मोड्न चाहन्थे । यसका लागि कसैले जियोमेट्रिक्स इन्जिनियरिङ उपयुक्त हुन्छ भन्दै बुबालाई विश्वस्त बनाइ दियो । त्यसैको आडमा उनका बुबाले छोराछोरीलाई जियोमेट्रिक्स इन्जिनियरिङ पढ्ने दबाब दिन थालेका थिए ।

आफ्नो चाहना कम्प्युटर इन्जिनियरिङ पढ्ने भए पनि उनी परिवारको इच्छा विपरीत जान चाहेनन् । त्यही बेला उनले स्वाध्ययन मार्फत कम्प्युटर इन्जिनियरिङ पढ्ने र सँगसँगै बुबाको सपना पनि पूरा गर्ने  निधो गरे । “मलाई ११ कक्षादेखि नै प्रोग्रामिङमा रुचि थियो,” उनी भन्छन्, “परिवारले जे पढाए पनि मैले प्रोग्रामिङलाई कहिल्यै नछोड्ने सङ्कल्प लिएको थिएँ ।”

यसरी उनले इन्ट्रान्सको तयारी गर्दै, प्रोग्रामिङ सिक्दै कक्षा १२ पूरा गरे । त्यही समयमा फेसबुक ग्रुप बाहेक टेलिग्राम च्यानललाई पनि नोट पाउन सकिने प्लेटफर्मका रूपमा स्थापित गराए । अहिले पनि टेलिग्राममा उनका थुप्रै च्यानलहरू छन्, जहाँबाट इन्जिनियरिङका साथै कक्षा ११ र १२ का नोट तथा अन्य सामग्री पाउन सकिन्छ ।

कक्षा १२ पास गरिसकेपछि बिस्ट जियोमेट्रिक्स इन्जिनियरिङ अध्ययन गर्न ललितपुर स्थित हिमालयन कलेजमा भर्ना भए । अहिले आफूलाई १९ वर्षको बताउने बिस्ट दोस्रो वर्षमा अध्ययनरत छन् ।

फेसबुक ग्रुप र टेलिग्राम च्यानलको सक्रियता

प्रत्यक्ष रूपमा आर्थिक उपार्जन नहुँदा फेसबुक ग्रुप वा अन्य प्रकारका टेलिग्राम च्यानल निःस्वार्थ ढङ्गले सञ्चालन गर्न सकस नै हुन्छ । खासगरी त्यसमा जति महत्त्वपूर्ण समय दिइएको हुन्छ, त्यसले तत्कालै आर्थिक फाइदा नदिने भएपछि धेरैले निरन्तरता दिन छोडी दिन्छन् । तर, बिस्टको हकमा भने यो कुरा लागु भएन । उनी भन्छन्, “अरूले ग्रुपमा मेम्बरलाई अध्ययनसँग सम्बन्धित पोस्ट हाल्न नदिने, हाले पनि राम्रो भयो भने ब्लक गरी दिने देखेको थिएँ । त्यही इखले आफैँले ग्रुप सुरु गरेको हुँ । आर्थिक रूपमा तत्कालै केही फाइदा नभए पनि धेरैले सिक्न पाएका छन्, सजिलै नोट पाएका छन् भन्ने महसुस हुन्छ । यसैबाट बढी सन्तुष्ट छु ।”

उनले सुरुवाततिर ग्रुपमा आफ्ना शिक्षक र साथीहरूसँग मिलेर यी सामग्री सङ्कलन र व्यवस्थापन गरे । विस्तारै ग्रुपमा जोडिनेहरूले पनि अन्य विद्यार्थीको आवश्यकता महसुस गर्दै आफूसँग भएका सामग्री ग्रुपमा पोस्ट गरी दिन थाले । “सिनियरलाई जहिले पनि आफूले बनाएका नोट जुनियरलाई काम लागोस् भन्ने हुँदो रहेछ,” बिस्ट भन्छन्, “त्यसको प्रभावले ग्रुपमा दिनहुँ सयौँ पोस्ट आउन थाले ।”

फेसबुक र टेलिग्राम च्यानलमा नोट उपलब्ध भए पनि त्यसलाई व्यवस्थित गर्न चुनौती थियो । खासगरी पोस्ट अरूले नै राख्ने भएकाले अन्य विद्यार्थीको आवश्यकता अनुसार ग्रुपिङ गर्न बिस्टलाई मुस्किल भयो । उनले व्यवस्थित गरेर राख्ने कोसिस नगरेका पनि होइनन् । तर, विद्यार्थीलाई कहाँ कसरी राखिएको छ भन्ने बुझ्नै गाह्रो ।

फेसबुक पेजहुँदै वेबसाइट र मोबाइल एपसम्म

फेसबुक ग्रुप र टेलिग्राम च्यानलमा व्यवस्थित गरेर राखे पनि ती सामग्री फेला पार्न विद्यार्थीका लागि चुनौती थियो । त्यसैले थप व्यवस्थित प्लेटफर्मको आवश्यकता महसुस गरी उनले नोटलाइब्रेरी नामक वेबसाइट र मोबाइल एप बनाउने योजना बनाए ।

निर्मल पाठकनिर्मल पाठक

यसमा उनलाई सघाउन फेसबुक ग्रुपमै भेटिएका साथी निर्मल पाठकले साथ दिने भए । पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ पढिरहेका उनले वेब र एप बनाउने जिम्मा लिए । यता बिस्टले त्यसका लागि उपयुक्त हुने सामग्रीको सङ्कलन थाले । सुरुवातमा यो प्लेटफर्म विज्ञान विषयमा मात्र केन्द्रित थियो । तर पछि व्यवस्थापनका विद्यार्थीहरूका लागि पनि सामग्रीहरू थपिए ।

बिस्टका अनुसार यस प्लेटफर्मले नोट, विगतका परीक्षाका प्रश्नपत्र र क्विज लगायतका शैक्षिक सामग्रीहरू निःशुल्क रूपमा उपलब्ध गराउँछ । सबै सामग्री निःशुल्क राख्ने प्रतिबद्धताका जनाएका उनले प्रिमियम सामग्रीहरू थप्ने कुनै योजना बनाएका छैनन् । प्लेटफर्ममा प्रवेश परीक्षा समूह, क्विज समूह, छलफल समूह र चिकित्साका विद्यार्थीहरूका लागि छुट्‍टाछुट्‍टै समूह छन् ।

यस प्लेटफर्मका लागि आवश्यक सामग्रीहरू शिक्षक, साथी र अनलाइन कक्षा लगायत विभिन्न स्रोतहरूबाट सङ्कलन हुने गरेको उनी सुनाउँछन् । भन्छन्, “धेरैजसो सामग्रीहरू हस्तलिखित नोटहरू नै हुन्, जसलाई पीडीएफमा रूपान्तरण गरिएको छ ।”

अन्यत्र सजिलै नपाइने स्रोतहरू उपलब्ध गराउने उद्देश्यका साथ यो प्लेटफर्म सञ्चालनमा ल्याएको उनी सुनाउँछन् । खासगरी विस्तृत समाधानसहित विगतका परीक्षाका प्रश्नपत्रहरू पनि यसमा राखिएका छन् । यसका साथै उनीहरूले सबै प्रदेशका विद्यार्थीहरूका लागि सान्दर्भिक सामग्रीहरू उपलब्ध गराउने प्रयास पनि गरिरहेका छन्, जुन अन्य प्लेटफर्महरूमा सामान्यतया नपाइने उनी सुनाउँछन् ।

विद्यार्थीलाई अनलाइमा पढ्दा डिस्टर्ब गर्ने थुप्रै चिजहरू हुन्छन् । खासगरी एप वा वेबसाइटमा आउने ‘थर्ड पार्टी’ विज्ञापनले विद्यार्थीलाई हैरान पारिरहेका हुन्छन् । त्यसैको विकल्पको रूपमा एप ल्याएको बिस्ट सुनाउँछन् । भन्छन्, “वेबसाइट वा एपमा थर्डपार्टी विज्ञापन राख्दा त्यसले विद्यार्थीलाई डिस्ट्राक्ट गर्छ । त्यसैले हामी कहिल्यै पनि थर्ड पार्टी विज्ञापन इन्टिग्रेट गर्ने योजनामा छैनौँ ।” आम्दानीका लागि के विकल्प छ त ? बिस्टसँग यसको पनि योजना छ । उनी अगाडि भन्छन्, “थुप्रै इन्स्टिच्युटलाई विद्यार्थी चाहिएको हुन्छ । कतिपय विद्यार्थी इन्स्टिच्युटसम्म पुग्न सकेका हुँदैनन्, कतिपय इन्स्टिच्युट विद्यार्थीसम्म पुगेका हुँदैनन् । त्यसैले राम्रा इन्स्टिच्युटको विज्ञापन एपमा राखेर आम्दानी गर्ने योजना छ । त्यसरी भइरहेको पनि छ ।” यसले गर्दा इन्स्टिच्युट, विद्यार्थी र सञ्चालकका रूपमा उनी स्वयम्‌लाई पनि फाइदा पुग्ने बिस्टको विश्वास छ ।

उनीहरूले प्लेटफर्मबाट हुने आम्दानीलाई मर्मत खर्च काटेर बाँड्छन् । प्लेटफर्म होस्ट गर्न वार्षिक छ हजार रुपैयाँ खर्च लाग्छ । त्यो पनि नेस्ट नेपालले विद्यार्थीले सञ्चालन गरेको भन्दै सस्तोमा उपलब्ध गराएको बिस्ट सुनाउँछन् । प्लेटफर्मले मासिक आम्दानीका लागि ब्यानर विज्ञापन प्रयोग गर्छ, जुन परिचालन खर्च र टिमका सदस्यहरूलाई आर्थिक सहयोग गर्न प्रयोग गरिन्छ ।

प्लेटफर्मको वृद्धि मुख्यतया रिफरल, मौखिक प्रचार र एप स्टोरबाट गरिने सर्चमा आधारित भएको बिस्टको भनाइ छ । उनी शिक्षकहरूलाई निःशुल्क भिडिओ लेक्चरहरू प्रदान गर्न लगाएर प्लेटफर्मको सामग्री विस्तार गर्न चाहन्छन्, तर धेरै शिक्षकहरूले यसबाट आफूलाई कुनै प्रत्यक्ष फाइदा नहुने देखेर हिचकिचाउने गरेको भन्दै उनी दुखेसो पोख्छन् । भन्छन्, “एपमा भिडिओ हालेर के फाइदा ? भन्नुहुन्छ । तर, त्यहीँबाट विद्यार्थी युट्युब च्यानलसम्म पुग्छन् भन्ने ख्यालै गर्नु हुन्न उहाँहरू । तर, सिनियर दाइहरू यसमा सहज हुनुहुन्छ । उहाँहरू आफूले जानेका कुरा सिकाउन तयार हुनुहुन्छ र भिडिओ बनाइदिनु हुन्छ ।

उनले शिक्षण संस्थाहरूसँग पनि सहकार्य र विस्तारका लागि अवसरहरू खोज्ने योजना बनाएका छन् । यस बाहेक उनले प्लेटफर्मको एसईओ (सर्च इन्जिन अप्टिमाइजेसन) सुधार गर्नमा पनि ध्यान दिइरहेका छन्, ताकि सर्च रिजल्टमा यो अघि होस् । उनले हाल एपका सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्या दैनिक १० हजार बढी रहेको बताए । एपको डाउनलोड लगभग ५० हजार पुग्न लागेको उनी सुनाउँछन् । भन्छन्, “५० हजार नपुग्दा १०के प्लस मात्र देखाउँछ । त्यस्तो हुँदा धेरैलाई यसमा थोरै प्रयोगकर्ता छन् कि भन्ने लाग्ने रहेछ । तर, डाउनलोड लगभग ५० हजार पुग्न लागेको छ । सक्रिय प्रयोगकर्ता हरेक दिन १० हजार बढी हुन्छन् ।

उनको फेसबुक पेजमा डेढ लाख बढी फलोअर छन् । भन्छन्, “अरू विषयमा खोलेको फेसबुक पेजमा फलोअर घट्ने भन्ने त्यति हुँदैन । तर, यो एजुकेसनल प्लेटफर्मको पेजमा हुने रहेछ । विद्यार्थीहरू ११/१२ पछि पेज अनफलो गर्छन् । किनभने त्यसमा उनीहरूलाई उपयुक्त हुने कन्टेन्ट त्यति आइरहेका हुँदैनन् ।”

उनले पेज र ग्रुपलाई सक्रिय बनाइ रहन र अनफलो नगर्नबाट रोक्न थप कन्टेन्ट राख्ने योजना बनाएका छन् । खासगरी कुनै न कुनै रूपमा नयाँ ज्ञान दिने किसिमका कन्टेन्ट राखेर अडियन्सलाई पेजमा अड्याइराख्ने उनको चाहना छ । उनका अनुसार आफूलाई उपयुक्त नहुने कन्टेन्ट देखेपछि दैनिक दुई तीन हजारले अनफलो गर्छन् । फलो गर्ने पनि त्यत्तिकै हुने भएकाले पेजमा फलोअरको सङ्ख्या ह्वात्तै बढ्ने वा घट्ने नभएको उनी सुनाउँछन् ।

एपमा के छ ?

एन्ड्रोइड ५.१ वा सो भन्दा माथिका भर्सन सपोर्ट गर्ने यो एप ६.४ एमबीको छ । अर्थात् थोरै स्टोरेज वा पुरानो भर्सनको एन्ड्रोइड फोन छ भने पनि त्यसमा यो एप चलाउन सकिन्छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । अहिलेलाई एप एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप खोल्ने बित्तिकै प्रयोगकर्ताले आफ्नो प्रदेश, जिल्ला र सहर छान्नुपर्ने हुन्छ । यति गरेपछि एपको होमपेज खुल्छ । अहिलेलाई यसमा डिफल्ट रूपमा कक्षा ११ र आईओई छनोट भएको हुन्छ । यसलाई परिवर्तन गर्न माथि दायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि ‘एडिट डिटेल्स’ मा गएर कक्षा र एक्जाम छान्नुपर्ने हुन्छ । यसमा कक्षा १०, ११, १२ र पास आउट विकल्प छान्न सकिन्छ । त्यस्तै एक्जाममा आईओई, सीईई, आईओई प्लस सीईई छान्न सकिन्छ ।

अर्थात् यस प्लेटफर्ममा कक्षा ११ र १२ का सम्पूर्ण कोर्सका नोट तथा अभ्यास सामग्री उपलब्ध छन् । एपमा मल्टिपल च्वाइस क्वेइश्चन, नोट, टेस्ट र भिडिओ जस्ता फिचर छन् । अहिले पर्याप्त भिडिओ सामग्री नभए पनि विस्तारै विस्तार गर्दै लाने उनको चाहना छ ।

अनुहार गोप्य !

बिस्ट धेरैले आफ्नो नाम चिने पनि अनुहार नचिनुन् भन्ने चाहन्छन् । उनले जानाजानी अनलाइनमा आफ्नो पहिचान गोप्य राखेका छन् र आफ्नो अनुहार कहिल्यै सार्वजनिक नगरेको दाबी गरेका छन् । उनी आफ्नो व्यक्तिगत जीवनलाई आफ्नो अनलाइन कामबाट अलग राख्न चाहन्छन् । “मलाई धेरैले चिन्नुपर्छ भन्ने मलाई लाग्दैन । यस्तो प्लेटफर्म पनि छ भन्ने थाहा होस् । अनि विद्यार्थी सहजै पढ्न पाउन् । त्यसैले म मेरो अनुहार चिनाउनेभन्दा पनि प्लेटफर्म चिनाउन लागिपरेको छु ।”

प्लेटफर्ममा सामग्री तयार पार्ने क्रममा आफ्नो पढाइमा कुनै नकारात्मक असर नपरेको बिस्टको बुझाई छ ।

प्लेटफर्मको निरन्तरता 

पढाई एउटा ध्रुवको छ भने बिस्टले रोजेको काम फरक छ । यसले गर्दा उनले यस प्लेटफर्मलाई कहिलेसम्म निरन्तरता दिन्छन् भन्ने प्रश्न उब्जी रहन्छ । यस सन्दर्भमा बिस्ट भन्छन्, “यो प्लेटफर्म ठुलो बनाउने मेरो सानैदेखिको चाहना हो । मैले जुन क्षेत्रलाई पेसा बनाए पनि प्यासनको रूपमा रहेको यो एपलाई सधैँ निरन्तरता दिने प्रयासमा छु ।” विद्यार्थीलाई सजिलै अध्ययन सामग्री उपलब्ध गराउन आफू सधैँ त्यसैमा लागिरहने उनी बताउँछन् । -टेकपानाबाट

अमेरिकामा ४० हजार संघीय कर्मचारीले एकै पटक छोडे जागिर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय कर्मचारी कटौती गर्ने नीति अघि बढाएपछि देश भित्र र बाहिर बहस चुलिएको छ। संघीय सरकारमा कर्मचारीहरूको संख्या घटाउने योजनाअन्तर्गत ट्रम्प प्रशासनले कर्मचारीहरूलाई स्वेच्छिक राजीनामाको प्रस्ताव गरेको थियो।

यस प्रस्तावअनुसार करिब ४० हजार संघीय कर्मचारीले जागिर छोड्ने निर्णय गरेका छन्। प्रशासनले राजीनामा दिने कर्मचारीलाई आगामी सेप्टेम्बरसम्मको पारिश्रमिक प्रदान गर्ने योजना ल्याएको थियो, जसका लागि फेब्रुअरी ६ सम्मको समयसीमा तोकिएको थियो।

यसैबीच, एलन मस्कको नेतृत्वमा गठन भएको सरकारी दक्षता विभागले घरबाट काम गरिरहेका संघीय कर्मचारीहरूलाई कार्यालय फर्कन निर्देशन दिएको छ। नयाँ निर्देशअनुसार ती कर्मचारीहरूले हप्ताको पाँच दिन कार्यालयबाटै काम गर्नुपर्नेछ।

स्वेच्छिक राजीनामा स्वीकार्ने कर्मचारीलाई आठ महिनाको तलब र निश्चित भत्ता प्रदान गरिने भए पनि, राजीनामा दिनेहरूको संख्या प्रशासनको अपेक्षाभन्दा कम रहेको बताइएको छ।

ट्रम्पको यो निर्णयको विरोध पनि भइरहेको छ। अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लॉइज युनियनका अध्यक्ष एभरेट केलीले संघीय कर्मचारीहरूलाई प्रशासनको नीति स्वीकार गर्न दबाब दिइएको आरोप लगाएका छन्।

सरकारी तथ्यांकअनुसार अमेरिकामा संघीय कर्मचारीहरूको संख्या ३० लाखभन्दा बढी रहेको छ, जुन देशको १५ औं सबैभन्दा ठूलो कार्यबल मानिन्छ।

महिला टी-२० सिरिज : नेपालद्वारा थाइल्याण्डलाई ८२ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी(२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । चनिदा सुथिराङ, नताथा बूचाथाम र सुलिपर्न लाओमीले १-१ विकेट लिए ।

यस खेलमा विजयी भएमा वा थोरै अन्तरले पराजित भएमा पनि थाइल्याण्डले शृंखला जित्नेछ । नेपालका लागि भने सान्त्वना जित निकाल्ने अवसर छ ।

 

अमेरिकाको अलास्का क्षेत्रबाट यात्रु बोकेको जहाज बेपत्ता

वासिङ्टन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ ।

विमान दुर्घटना भएको आशंका गरिएको छ । अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार बिहीबार अपराह्न ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो ।

यी दुई सहरहरू नोर्टन साउन्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर) को दुरीमा अवस्थित छन् । खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।

हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो ।

गत जनवरी ३० मा राजधानी वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुबाहक विमान ठोक्किँदा विमानमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।

फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एक मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

ढाका । बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी थिइन् । ढाका ट्रिब्यूनका अनुसार उनलाई ‘राज्यविरुद्ध षड्यन्त्र’ अर्थात् कथित देशद्रोहको आरोप लगाइएको छ। उनलाई ढाका महानगरीय प्रहरी परिसरको गुप्तचर शाखाले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरी अतिरिक्त आयुक्त ९डीबी० रेजाउल करीम मलिकले भने, ‘उनीलाई बिहीबार राति धानमण्डीबाट पक्राउ गरिएको थियो। उनलाई देशद्रोहको षड्यन्त्रमा संलग्न भएको आरोप लगाइएको छ। आरोपको सम्बन्धमा सोधपुछका लागि हिरासतमा राखिएको छ।’

मेहर अफरोज जमालपुर जिल्लाका अवामी लिगका पूर्व सल्लाहकार परिषद सदस्य मोहम्मद अली र १९९६ मा अवामी लिगका सांसद तहुरा अलीकी छोरी हुन्। मोहम्मद अलीले गत निर्वाचनमा जमालपुर–५ ९सदर० सिटबाट टिकट मागेका थिए ।

अभिनेत्री शानलाई जमालपुर सदर उपजिल्लाको नरुन्दी रेलवे स्टेशन क्षेत्रमा उनको बुबाको घरबाट पक्राउ गरिएको थियो। उनलाई साँझ ६ः३० बजे पक्राउ गरिएको हो । उनी पक्राउ परेको केही समयअघि जमालपुरमा उनको परिवारमाथि आक्रमण भएको थियो र उनको घर पनि जलाइएको थियो ।

बंगलादेशमा मोहम्मद युनुसको सरकार सत्तामा आएदेखि नै विपक्षीलाई पक्राउ गरिँदै आएको छ । बंगलादेशमा मेहर फिल्मी जगतका ती अभिनेत्री हुन्, जसले खुलेर आफ्नो बयान दिन्छिन्। यही नै उनको गिरफ्तारीको कारण बनेको स्थानियले बताएका छन ।

समाचार अनुसार मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारको आलोचना गरेको कारण उनीमाथि देशद्रोहको आरोप लगाइएको छ ।

कलौनी मृत फेला प्रकरण : फरेन्सिक रिपोर्टमा देखिएन चोट

धनगढी । कञ्चनपुर प्रहरीले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको शव परीक्षण रिपोर्टमा भित्री र बाहिरी चोट नदेखिएको जनाएको छ । फरेन्सिक परीक्षण रिपोर्ट आएको जनाउँदै जिल्ला प्रहरी कार्यालयले कलौनी मृत्युको यथार्थ कारण फरेन्सिक परीक्षण रिपोर्टबाट पत्ता लाग्न नसकेको जनाएको हो ।

रिपोर्टमा भित्री र बाहिरी चोट नरहेको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।

“मुटुमा अक्लुजन देखिएको रिपोर्टमा आएको छ,” उनले भने, “मेडिकल भाषामा अक्लुजनको अर्थ मुटुको भल्ब बन्द भन्ने हुन्छ ।” नगर सभापति कलौनी गत शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चौकनजिक सडकपेटीमा मृत अवस्थामा फेला परेका थिए । उनको शव घोप्टो परेको अवस्थामा रहेको थियो ।

कलौनीको मृत्यु प्रकरणमा अनुसन्धान कार्यमा सहजताका लागि नेपालगन्जबाट आएको चिकित्सकको प्राविधिक टोलीले फरेन्सिक परीक्षण गरेको थियो ।

फिलिपिन्समा विमान दुर्घटना, ४ जनाको मृत्यु

एजेन्सी । बिहीवार दिउँसो दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको छ। प्रहरीले दुर्घटना स्थानीय समयअनुसार दिउँसो २ बजे अम्पाटुआन शहरमा भएको बताएको छ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको पुष्टि गरेको छ तर विवरण भने दिएको छैन। फिलिपिन्स समाचार एजेन्सीले विमान बीच किंग एयर ३५० भएको र दुई पुरुषसहित चार जनाको शव गाउँलेहरूले निकालेको बताएको छ।

पीडितहरूको प्रहरी प्रतिक्रियाकर्ताहरूले दुर्घटनाको अनुसन्धान गरिरहेका छन्।

 

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा धनगढीमा

धनगढी, २५ माघ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा धनगढी आउनु भएको छ ।

नेपाली काँग्रेस कैलालीको जिल्ला सम्मेलनको उद्घाटन गर्न धनगढी आउनु भएकी परराष्ट्र मन्त्री डा.  राणा चार दिन कैलाली बस्ने कार्यक्रम रहेको छ ।

आज बिहान बुद्ध एयरको नियमित उडानबाट परराष्ट्र मन्त्री डा. राणा धनगढी आउनु भएको हो ।

परराष्ट्र मन्त्री डा. राणाको धनगढी बिमानस्थलमा मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्री र प्रदेश सभा सदस्य र नेपाली काँग्रेसका नेताहरुले स्वागत गरे ।
Processing…x

समाजसेवी डा. शिवदत्त जोशीको निधन

धनगढी, २५ माघ ।
सुदूर पश्चिमका कहलिएका समाजसेवी डा. शिवदत्त जोशीको ९३ वर्षको उमेरमा शुक्रवार धनगढीमा निधन भएको छ ।

वि.स. १९८८ मंसिर २३ गते बैतडीको दशरथचन्द नगरपालिका शेरामा जन्मिएका जोशीको शुक्रवार बिहान ७ः ३० बजे धनगढी मटियारीस्थित घरमा निधन भएको हो ।

कोलोम्बो प्लान अन्तर्गत भारतको झाँसीबाट आयुर्वेदाचार्य व्याचलर अफ मेडिकल सर्जरी गरेका जोशी सरकारी दरबन्दीमा २०१७ सालमा गुल्मीको रिडी पुगे । त्यहाँ केही वर्ष काम गरे । र, सरकारी जागीर छोडेर २०२४ सालमा धनगढीमा जोशी मेडिकल सञ्चालनमा ल्याए ।

चार पुस्ताका डाक्टरका रुपमा चिनिने जोशीको अगुवाईमा धनगढीमा अधिकांश सामाजिक संघसंस्था खुलेका हुन् ।

नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा उनकै अगुवाईमा २०२७ सालमा खुल्यो । जसको सभापति उनी २०३७ सम्म रहे ।
२०३७ सालमा कैलाली बहुमुखी क्याम्पस स्थापना भयो । जसको उनी सहकोषाध्यक्ष थिए । र कोषाध्यक्ष थिए, तोलाराम दुगड । दुगड यहाँका ठूला गल्ला व्यापारी थिए । दुगड कोषाध्यक्ष भएपनि कोषाध्यक्षको काम उनले नै गरे । पछि उनी कोषाध्यक्ष भए । र २०६२ सालदेखि २०७० सम्म कैलाली बहुमुखी क्याम्पसको अध्यक्षका रुपमा समेत उनले जिम्मेवारी निर्वाह गरे ।

उनकै नेतृत्वमा २०४२ सालमा अपांग संघ खुल्यो । खेमराज शाही त्यसको पहिलो सभापति रहे । शाही जिल्ला पञ्चायतका सदस्य थिए । सामाजिक संस्थामा पञ्चायती व्यवस्थाका सहयोगी बाहेक अरुले नेतृत्व गर्न पाउथेनन । उनको पृष्ठभूमि पञ्चायती व्यवस्थाको सहयोगी थिएन । तर पछि त्यसको नेतृत्व उनले करीव १० वर्ष ९२०५३ साल० सम्म गरे । उनकै नेतृत्वमा कैलालीमा नेत्रज्योती संघको २०५० सालमा स्थापना भएको हो । उनी संघको प्रथम अध्यक्ष हुन् । २०६६ सालमा उनी संघको केन्द्रीय सदस्य समेत भए ।

भारतको काञ्चीकामाकोठी पीठका पीठाधिश जगतगुरु शंकराचार्यले धनगढी स्थापना गर्ने भनिएको मेडिकल कलेजमा पनि उनी सदस्य रहेर काम गरे ।

२०६७ सालमा उनी सेती अञ्चल अस्पतालका अध्यक्ष समेत भए । उनले सुदूर पश्चिमको स्वास्थ्य र समाजसेवाका क्षेत्रमा पु¥याएको योगदान स्मरणीय छ ।

उनको दाहसंस्कार आजै कञ्चनपुरमा महाकाली घाटमा नदीमा गरिने बताईएको छ ।

चार पुस्ताका डाक्टर : शिवदत्त जोशी

विपिनको रिहाईका लागि परराष्ट्र मन्त्री राणाले गरिन ईरानका विदेश मन्त्रीसंग कुराकानी

काठमाण्डौं, २४ माघ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हमासद्धारा अपहृत कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाईका लागि ईरानका विदेश मन्त्री सैयद अब्बास अरघचीसंग टेलिफोन मार्फत आग्रह गरेकी छन् ।

विहीवार अवेर राति परराष्ट्र मन्त्री डा. आरजु राणाले विपिनको रिहाईका लागि पहल गरिदिन ईरानका विदेश मन्त्री सैयदसंग टेलिफोनमा कुराकानी गरेको बताएकी छन् ।

ईरानका विदेश मन्त्री सैयदले हमासको आगामि बैठकमा विपिनको रिहाईका विषयमा छलफल गर्ने प्रतिवद्धता गरेको मन्त्री राणाले जनाएकी छन् । मन्त्री राणाले सकारात्मक पहल र प्रतिवद्धताका लागि ईरानका विदेश मन्त्री सैयदलाई धन्यवाद दिईन् ।

कञ्चनपुरका जोशीलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा गरिएको थियो भने ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो । बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ ।

इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् । उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताए ।

नेता कलौनीको मुटु परीक्षणका लागि टेकु पठाइयो

धनगढी । कञ्चनपुरका कांग्रेस नेता अच्युतराज कलौनीको पोस्टमार्टम रिपोर्टमा मुटुमा अक्लुजन भएको देखिएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । भिसेरा परीक्षणका लागि नेपालगन्जस्थित प्रहरीको विधिविज्ञान प्रयोगशाला र मुटु परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको उहाँले जानकारी दिए । मुटु र भिसेरा परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ ।

कांग्रेसको भीमदत्त नगर सभापति कलौनी गत शनिबार बिहान भीमदत्त नगरपालिका –१८ स्थित मामाभान्जा चोकनजिक सडकपेटीमा मृत अवस्थामा फेला परेका थिए। उनको शव घोप्टो परेको अवस्थामा थियो । कलौनीको मृत्यु प्रकरणमा अनुसन्धान कार्यमा सहजताका लागि नेपालगन्जबाट आएको चिकित्सकको प्राविधिक टोलीले पोस्टमार्टम गरेको थियो ।

पोस्टमार्टम रिपोर्टमा बाहिरी र भित्री चोट नदेखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। “मुटुमा अक्लुजन देखिएको रिपोर्ट आएको छ” उनले भने ।

 

अमेरिकामा ट्रान्सजेन्डर खेलाडीलाई महिलाको खेलकुदमा भाग लिन प्रतिबन्ध

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिने बित्तिकै उनले अमेरिकामा दुई लिंग (पुरुष र महिला) मात्र हुने बताएका थिए । ट्रम्पले अमेरिकामा बस्ने ट्रान्सजेन्डर र एलजीबीटी समुदायको समस्या बढ्ने संकेत गर्दै यस्तो निर्णय लिएका थिए ।

यसैबीच ट्रम्पले ट्रान्सजेन्डरहरूलाई अझ ठूलो झटका दिएका छन्। ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै ट्रान्सजेन्डर खेलाडीहरूलाई महिलाको खेलकुदमा भाग लिन प्रतिबन्ध लगाएको बताए । न्युयोर्क टाइम्सका अनुसार डोनाल्ड ट्रम्पको यो आदेश त्यस्तोमा लागु हुनेछ, जो जन्ममा पुरुष थिए र पछि लिंग परिवर्तन गरेर महिला बनेका थिए । ट्रम्पले आफ्नो चुनावी प्रचारका क्रममा पुरुषलाई महिला खेलकुदबाट टाढा राख्नुपर्ने बताएका थिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले उक्त निर्णयले ‘टाइटल आइएक्स’ (महिला खेलहरूमा पुरुषहरूको खतरनाक र अनुचित सहभागिता समाप्त पार्ने ह्वाइट हाउसको कार्यकारी आदेश) को बाचा कायम राख्ने बताइन् । महिला अधिकारका लागि यो निर्णय उनले बताइन् ।

न्यु योर्क टाइम्सको रिपोर्टअनुसार २५ राज्यले ट्रान्सजेन्डर खेलाडीहरूलाई हाई स्कूल र युवास्तरमा महिलाहरूको खेलकुदमा प्रतिबन्ध लगाउने कानुनहरू पारित गरिसकेका छन्।

हालै ट्रम्पले एक आदेश पारित गरेर अमेरिकामा १९ वर्षमुनिका व्यक्तिले लिङ्ग परिवर्तन गर्न नपाउने बनाएका छन् ।
ट्रम्पले एक विज्ञप्तिमा भनेका थिए, ‘यो संयुक्त राज्य अमेरिकाको नीति हो, यसले कुनै पनि बच्चाको एक लिङ्गबाट अर्को लिंगमा तथाकथित परिवर्तनलाई आर्थिक, प्रायोजक, प्रवर्द्धन, सहयोग वा समर्थन गर्दैन, र यसले यी विनाशकारी र जीवन परिवर्तन गर्ने प्रक्रियाहरूलाई निषेध गर्ने वा सीमित गर्ने सबै कानूनहरू कडाइका साथ लागू गर्नेछ।’

 

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ, २४ माघ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए ।

आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पारे । “अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर गर्छ”, गृहमन्त्री लेखकले भने ।

तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उनले सञ्चारमाध्यमसँग अनुरोध गरे ।

बेलयाती राजकुमार एडवार्ड र अधिराजकुमारी पोखरा पुगे

पोखरा – बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा पुगेका छन् ।

नेपाल भ्रमणका क्रममा आज पोखरा पुगेका उनीहरूलाई पोखराका मेयर धनराज आचार्य र कास्की  प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

स्वागतपछि मेयरले भने, ‘पर्यटन राजधानी पोखरामा तपाईँहरूको आगमनलाई पोखरावासीहरू हर्ष र सम्मानका साथ स्वागत गर्दछौँ। तपाईँहरूको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिएको छु ।’

बहुमतको दुरुपयोग गर्दै माफिलाई देश बेच्न दिँदैनौँ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बिहीबारको संसद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अझै पनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म सम्मानित संसदमै म फेरि एकपटक दोहो-याउँछु, हामी अब सत्ताको खेलमा छैनौँ। हामी त जनतातिर फर्किसक्यौँ। सहिदका सपना र संकल्पतिर फर्किसक्यौँ।’

उनले कांग्रेस एमालेको संगतले आफूहरू पनि धुलिएको टिप्पणी गरे।  ‘तपाईहरूका संगतले थोरै मैलिएका थियौँ, धुलिएका थियौँ। आधारभूत वर्गबाट थोरै टाढिएका थियौँ। त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरिब, सीमान्त वर्ग र वर्गतिर फर्किसक्यौँ’ उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीतिर संकेत गर्दै सरकार छाड्ने कुरा गरिरहेकोमा प्रचण्डले व्यङ्ग गरे।

‘स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन,’ उनले भने, ‘हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन। ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ। हामी सरकार बनाउनेछौँ तर आफ्नै सामर्थ्यमा। सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं।’

राष्ट्रियसभामा दुई विधेयक पेस

काठमाडौं– राष्ट्रियसभा बैठकमा दुई वटा विधेयकहरू प्रस्तुत भएका छन् ।

बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरे ।

राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ ।

धनगढीमा भीम रावलले भने प्रधानमन्त्री ओलीले फेरी तानाशाही चरित्र देखाए

कैलाली । मातृभूमि जागरण अभियानकाका सञ्चालक डा। भीम रावलले आफू अहिले मातृभूमि जागरण अभियानको अध्यक्ष वा नेता नरहेको बताएका छन् ।

धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा उनले अहिले विभिन्न व्यक्तिहरूसँग छलफल र संवाद भइरहेको भन्दै केही समय पछि अभियानलाई दलको रूपमा अगाडी बढाउने रावलले बताएका थिए ।

‘अहिले थुप्रै सङ्गठित व्यक्तिहरूसँग मेरो वार्ता जारी छ । थुप्रै क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग पनि हामीले कुराकानी जारी राखेका छौँ त्यही भएर हामी केन्द्रमा केही व्यक्तिहरू जम्मा भएर हाम्रो पार्टी यस्तो भयो, यस्तो पद भयो भन्ने कुरा त्यो सङ्गठन निर्माणको राम्रो कुरा होइन’ उनले भने ‘म मातृभूमि जागरण अभियानमा कुनै नेता हुँ अध्यक्ष हुँ पनि भनेको छैन । म प्रस्तावक मात्रै भन्नुको तात्पर्य के हो भने तल जिल्लाहरूमा मानिसहरूलाई नेतृत्वमा सङ्गठित गर्न लागिरहेका छौँ ।’

केन्द्रमा थुप्रै मान्छेहरूसँग कुराकानी भइरहेको भन्दै ती छलफल र वार्ता पछि मात्रै सङ्गठित केन्द्रीय स्वरूप दिने र त्यही केन्द्रीय स्वरूपलाई राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने योजना रहेको उनले सुनाए ।

उनले सबै वर्ग र समुदायलाई आफ्नो अभियानमा जोडिन आग्रह गर्दै भ्रष्ट्राचारमा मुछिएका व्यक्ति, राष्ट्ररहित विपरीत रहेका व्यक्ति र समाजमा गलत छाप भएकाहरूसँग सहकार्य हुन नसक्ने बताएका थिए ।

डा।रावलले वर्तमान गठबन्धनको सरकारको समेत औचित्य नभइको टिप्पणी गरेका थिए । संविधान संशोधन र स्थिर सरकारका लागि दुई पार्टी मिलेको भनेर एमाले–कांग्रेसले जनतासँग झुटो बोलेको उनको भनाइ थियो ।

‘अहिले राष्ट्रियसभामा बहुमत छैन भनेर पन्छिन खोजिएको छ’ उनले भने, ‘त्यो कुरा दुई दललाई गठबन्धन गर्दा थाहा थिएन र ?’ स्थिर सरकारको लागि भन्दै दुई दलले गठबन्धन गरेर आधा कार्यकाल बढ्ने सम्झौता गरेर सम्झौता मै अस्थिर सरकार बनाएको उनको आरोप थियो ।

अर्को प्रसङ्गमा रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट शासन गर्न खोजेर फेरी तानाशाही चरित्र देखिएको बताए ।

’ओलीको तानाशाही चरित्र फेरि एक पटक छर्लङ्ग भएको छ,’ उनले भने, ’अघिल्लो कार्यकालमा एकपछि अर्को अध्यादेश ल्याएका थिए । अहिले पनि सोही बाटोमा ओली लागेका छन् । यस पटक त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी अध्यादेश ल्याउने कुरा सुनिएको छ ।’

रावलले २६ माघमा धनगढीमा जागरण भेला गर्ने जानकारी दिएका छन् । ‘कैलाली र कञ्चनपुरको जागरण अभियान शनिवार आयोजना गरेका छौँ’ उनले भने, ‘भेलामा जुनसुकै पार्टीमा आबद्ध रहेका देशभक्त नागरिक लागि उपस्थितिका लागि आह्वान गर्दछु । ’

अछाम पुगेर बादलले भने- जनयुद्ध हिंसा नै हो, नेकपा छाडेर प्रचण्डले माओवादीको गुट बनाए

कैलाली । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले तत्कालीन अवस्थामा माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ रहेको टिप्पणी गरेका छन् ।

पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनयुद्धलाई उक्त टिप्पणी गरेका हुन् । तत्कालीन समयमा माओवादीको तेस्रो वरीयता सम्हालेका बादल युद्धको आर्किटेक्ट मानिन्छन् । सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनी एमालेमै रहेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न ? भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन । युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो । ’

तत्कालीन अवस्थामा नेकपा गठन गर्दा पनि यस विषयमा गहन छलफल भएको उपाध्यक्ष थापाको भनाइ थियो । १० वर्षको जनयुद्धले वा सशस्त्र संघर्षले नेपालको लोकतन्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको एमालेको १०औँ महाधिवेशनले पनि पूर्ण रूपमा निषेध नगरेको उनले बताए ।

माओवादीले युद्ध सुरू गर्दा एमालेको तत्कालीन समर्थन नभएको उनको भनाइ थियो । थापाले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणी गरे ।

‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन । माओवादीहरूको एक ढङ्गको इस्टनबाजी हो । गणतन्त्र दिवस मनाउने हो । संविधान दिवस मनाउने हो । त्यो मनाइरहेका छौं ’, उनले भने, ‘जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो । ’

अर्को प्रसङ्गमा उनले नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण ०८४ सम्म जाने बताए ।

‘यसलाई भत्काउने कोसिस भइरहेको छ । यो भत्किने सम्भावना छैन ’, थापाको दाबी थियो ।

पछिल्लो समय पार्टी छोड्ने र जोडिने सन्दर्भ जोड्दै आफू कुनै पार्टी छाडेर नआएको, नेकपाकै निरन्तरता स्वरूप एमालेमा रहेको थापाले प्रष्ट्याए ।

‘अर्को पार्टी छोडेर एमालेमा आएको होइन । विचारमा एकरूपमा भएको हुँदा म एमालेमा आएको हुँ । यो नयाँ एमाले हो, पुरानो एमाले होइन । माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा भएको हो । त्यो नयाँ पार्टी हो’, उनको भनाइ छ ।

पार्टी लाइनबाट विचलित भएर केही सदस्यहरूसहित प्रचण्ड पार्टीबाट निस्किएको बादलले बताए । माधव नेपाल र वामदेव पनि अवसर नपाएर नेकपाको निरन्तरताबाट बाहिर गएको उनको आरोप थियो ।

‘प्रचण्ड नेकपा छाडेर माओवादी केन्द्रमा लागे र गुट बनाए । माधव कुमार नेपालजी यहाँबाट फुट्नु भयो नेकपा एस बनाउनु भयो । वामदेव फुट्नु भयो । एकता अभियान बनाउनु भयो । उहाँहरूमा विचलित हुनुभयो । म त्यस्तो होइन ’, उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुन पाएनन् , एकल अध्यक्ष हुन पाएनन् । माधव नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष नपाएर फुटेर गए ।’

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर निर्णायक राष्ट्रिय शक्ति बन्न कसैले रोक्न नसक्ने थापाको दाबी थियो ।

‘मिसन ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउनुपर्छ । एमालेले बहुमत ल्याएपछि मात्रै सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा हुन्छ ’, उनले भने , ‘निर्णायक राष्टिय शक्ति बनाएर सरकार चलाउने लक्ष्य छ । त्यो पूरा हुन्छ । त्यसका लागि जनताको मन जित्नेगरि काम गर्न सबै नेता कार्यकर्ताहरूलाई भनेका छौँ ।’

शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन सरकार लागिरहेको उनको भनाइ थियो । अछामको विकास र समृद्धिको लागि सबैभन्दा पहिलो यहि ठाउँमा जनप्रतिनिधि गम्भीर हुनुपर्ने र एमालेले केन्द्रमा त्यसको भूमिका निर्वाह गर्ने उनले बताएका थिए ।

बंगलादेशमा फेरि भड्कियो हिंसा

ढाका : अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शनअघि बुधबार राती बंगलादेशका धेरै शहरमा फेरि हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

प्रदर्शनकारीले पूर्व प्रधानमन्त्री शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमान ुबंगबंधुु को ढाकास्थित धनमन्डी(३२ मा रहेको निवासमा तोडफोड तथा आगजनी गरेका छन्।

त्यस्तै खुलनामा शेख हसिनाका काकाका छोराहरु शेख सोहेल, शेख ज्वेलको घर बुलडोजरले भत्काइएको छ। सामाजिक सञ्जालमा ‘बुलडोजर र्‍याली’ को घोषणा भएपछि हिंसा भएको थियो। आक्रमण हुँदा सुरक्षाकर्मी पनि उपस्थित भएको तर भीड नियन्त्रणमा लिन नसकिएको जनाइएको छ।

बुधबार राति र बिहीबार बिहान देशभर प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका जनाइएको छ।

भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि हिंसा सुरु भएको थियो। बंगलादेशको अग्रणी अखबार ुद डेली स्टारु मा सामाजिक सञ्जालमा भाइरल पोस्टहरू अनुसार शेख हसिनाको ुबंगलादेश विरोधी गतिविधिु का कारण यो विरोध प्रदर्शन गरिएको उल्लेख गरेको छ।

शेख हसिनाका विरोधीहरूले उनी भारतमा बसेर बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूले के गरे ?

प्रदर्शनकारीले शेख हसिनाको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा शेख हसिनाले फेसबुक मार्फत बोल्ने जनाइएको थियो। कार्यक्रमको समय राति ९ बजे तोकिएको थियो।

यो कार्यक्रमको खबर फैलिने बित्तिकै प्रदर्शनकारीहरूले ुबुलडोजर प्रदर्शनु को आह्वान गरेका थिए। उक्त प्रदर्शन राती ९ बजे बाट सुरु हुने जनाइएको थियो।

तर बेलुका ८ बजे नै भेदभाव विरोधी आन्दोलनका संयोजक हसनत अब्दुल्लाहको अपीलपछि, बेलचा र हथौडा लिएर सयौं प्रदर्शनकारीहरू धनमण्डी(३२ मा प्रवेश गरे।

प्रत्यक्षदर्शीका अनुसार उनीहरूले त्यहाँ स्थापित शेख मुजीबुरहमानको भित्ते चित्र बिगारे।

राती ९स्३० बजे भवनमा आगो लागेको थियो। अनि मध्यरात हुनुभन्दा केही समय अगाडि डोजर त्यहाँ आइपुगे। यसपछि राति २ बजेतिर भवनको एक भाग भत्काइयो।

एक प्रदर्शनकारीले उनीहरूले संग्रहालयमा परिणत भएको घरलाई ुफासीवादु को प्रतीक भएकोले जलाउन चाहेको बताए।

 

संसद् बैठकमा अध्यादेश पेश नहुने

काठमाडौं : सरकारले ल्याएको अध्यादेश आजको संसद्को दुवै सदनमा स्वीकृतीका लागि पेस नहुने भएको छ। संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुवै बैठकमा अध्यादेश पेस नहुने जानकारी दिए।

पाण्डेले आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१” सभा समक्ष पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१” सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सत्तारुढ दलहरूको कुरा मिल्न अझै बाँकी रहेकाले अध्यादेश पेस गर्ने कार्यसूचीबाट हटाइएको हो। यादवले आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका थिए।

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

काठमाडौं । ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको नेतृत्व सम्हालिरहेका एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । उनले कर्मचारीहरुलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन भनेको ती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

समाचार संस्था फर्च्युनका अनुसार सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न खोजेको आशंका छ । एलन मस्क टेस्ला, स्पेस एक्स, एक्सलगायत कम्पनीका मालिक हुन् । उनलाई ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै सरकारी दक्षता विभागको जिम्मेवारी दिइएको थियो । यो विभागले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन ट्रम्पलाई सघाउने छ ।

सोही योजनाअनुसार मस्कले कमजोर कार्यसम्पादन भएको बहानामा कर्मचारीलाई हटाउन खोजेको बताइन्छ । ह्वाइट हाउस रिपोर्टर जोनाथन स्वानले न्यूयोर्क टाइम्सको पोडकास्ट द डेलीमा पनि मस्कको कार्यशैलीबारे विवेचना गरेका छन् । उनले उक्त पोडकास्टमा कार्यस्थलमा व्यापक परिवर्तन दानवीय शैलीमा घुसपैठ गर्ने व्यक्तित्व मस्कमा रहेको आरोप लगाएका थिए ।

उनले अरबपति नेतृत्वशैलीमा काम गर्न खोजेको पनि बताएका छन् । कर्मचारी कटौतीसँगै निश्चित समय दिएर उनले रातरातभर जाग्राम बस्दै चिसो भूइँमा बसेर आफ्नो कम्पनी टेस्ला, स्पेश एक्स र अहिले सरकारी दक्षता विभागलाई काम लगाइरहेको स्वानले बताएका छन् ।

मस्कले पठाएको यो पत्र उनले पत्र सन् २०२२ मा ट्विटरको कर्मचारीलाई पठाइएको जस्तै रहेको दाबी गरिएको छ । यसले वासिङ्टनका कार्यालयमा अराजकता र सरकारी कर्मचारीमा यसले डर पैदा गराएको छ । ‘ट्रम्पले मस्कको प्रयासलाई पुरस्कृत गरेको जस्तो देखिन्छ’, स्वानले उक्त पोडकास्टमा भनेका छन् ।

 

रवि लामिछानेलाई पठाइयाे न्यायिक हिरासत

काठमाडौं । साहारा चितवन बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ।

जिल्ला अदालत चितवनको दयाराम ढकालको इजलासमा बुधबार सरकारी वकिलको बहस सकिएको हो । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन् । त्यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् ।

हाल लामिछानेलाई भने न्यायिक हिरासतमा पठाइएको छ । थुनछेक बहस नसकिएपछि उनलाई भोलि बिहीबार १० बजे अदालतमा उपस्थित हुनेगरी प्रहरीको जिम्मा लगाइएको हो । बिहीबार फेरि सरकारी वकिल ३ जना थपिने र रविको तर्फबाट १० जनाले बहस गर्नेछन् ।

साहारा चितवन सहकारीमा अभियोग दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा हाजिर भएका थिए । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछानेलाई किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचतसहित छ वटा संस्था रहेका पनि छन् ।

सहकारीको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख छ हजार रुपैयाँ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुने गरी अभियोग दाबी गरिएको छ ।

मुद्दा दायर भएका कूल ३२ मध्ये १२ जनाविरुद्ध ठगी र सङ्गठित अपराध तथा २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । तर, लामिछानेविरुद्ध भने सङ्गठित अपराधको मुद्धा दर्ता गरिएको छैन । यसले चितवनमा लफडा नै सुरु भएको छ । लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा नचलाएका चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानविन हुने भएको हो ।

जिल्ला प्रहरीले लामिछानेलाई सहकारी ठगी र संगठित अपराध दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालय चितवनले लामिछानेको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेकको संलग्नता नदेखिएकाले संगठित अपराधमा मुद्दा दर्ता गरेको थिएन । यही विषयमा किन उन्मुक्ति दिइयो भन्दै महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिने लुइँटेलको सरूवा गरिएको थियो।

कलौनीको शङ्कास्पद मृत्यु : पोस्टमार्टमबाट खुलेर ठोस कारण, भिसेरा र मुटु थप परीक्षण गर्ने तयारी

कैलाली : कञ्चनपुरमा शनिवार बिहान मृत फेला परेका कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटना थप रहस्यमय बनेको छ । पोस्टमार्टम रिपोर्टमार्फत घटनाको सत्यतथ्य सार्वजनिक हुने अपेक्षा गरिएका बेला पोस्टमार्टम रिपोर्टमा नै मृत्युको ठोस कारण खुल्न नसकेपछि प्रहरीले थप परीक्षणको तयारी गरिरहेको छ ।

शनिवार बिहान भीमदत्त नगरपालिका मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो। शुक्रवार राति ९ः३३ बजेसम्मको सिसी टिभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत अवस्थामा फेला परेका थिए ।

परिवारको सदस्यहरूको उनको हत्या भएको आशङ्कामा अनुसन्धान गर्न आग्रह गरिरहेका छन् । प्रहरीले भने विभिन्न कोषबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । ‘पहिलो चरणमा पोस्टमार्टम रिपोर्टबाट घटनाबारे केही तथ्य सार्वजनिक होला भन्ने अपेक्षा गरेका थियौँ’ अनुसन्धानमा खटिएका एक उच्च प्रहरी अधिकारीले भने, ‘पोस्टमार्टम रिपोर्टले पनि मृत्युको ठोस कारण खुलाउन सकेको छैन ।’

घटना हुनुभन्दा केही समयअघि कलौनी अस्पतालमा ग्यास्ट्रिकको औषधी लिन गएको प्रहरीले ठहर गरेको थियो । उनको साथमा प्रहरी औषधी पनि भेटाएको थियो । मृत फेला परेका कलौनीको बाहिर चेट देखिएको थिएन । पोस्टमार्टम रिपोर्टमा भित्री चोट पनि नदेखिएको प्रहरीको भनाइ छ ।

घटनाको भोली पल्टै भेरी अस्पताल, नेपालगन्जका फरेन्सिक विज्ञसहितको डक्टरको टोलीले पोस्टमार्टम कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेका थिए । त्यसको रिपोर्ट बुधबार आएको हो । रिपोर्टमा भित्री बाहिरी चोट नदेखिएको तर, अक्लुजनका कारण मृत्यु भएको हुन सक्ने सङ्केत गरेको छ । तर, ठोस कारण भने रिपोर्टमा छैन ।

पोस्टमार्टमको रिपोर्टबाट मात्रै घटनाको तथ्य सार्वजनिक हुन नसकेपछि प्रहरीले मुटुको थप परीक्षण गर्ने तयारी गरेको छ । कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने भएको छ भने नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगन्जमा भिसेरा परीक्षणको तयारी गरिएको छ ।

‘मुटु र भीसेरा परीक्षण पछि थप केही तथ्य सार्वजनिक होला’ अनुसन्धानमा खटिएका एक प्रहरीले अधिकारीले भने ‘पोस्टमार्टम रिपोर्टमा धेरै कुरा आएन ।’ कलौनीले प्रयोग गर्दै आइरहेको मोबाइल अझैसम्म प्रहरीले फोला पार्न सकेको छैन ।

‘पर्स झरेको अवस्थामा भेटिएको थियो । पर्समा पैसा भने थिएन’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले भने, ‘एउटा मोबाइल पनि भेटिएको छैन । हामी मोबाइल खोजी रहेका छौँ ।’

प्रहरी नायव उपरीक्षक जोशीले अहिलेसम्म पनि घटनाबारे अनुसन्धान भइरहेको भन्दै अनुसन्धान पछि मात्रै केही कुरा भन्न सकिने बताए ।

नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेका थिए । गृहमन्त्रीलाई भेटेका मृतक कलौनी परिवारले उनको हत्या भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका थिए ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए।

धनगढी उपमहानगरले तीर्‍यो १ लाख ९० हजार जरिवाना

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले गोदावरी नगरपालिकालाई १ लाख ९० हजार जरिवाना तिरेको छ । उपमहानगरपालिकाका ब्याक लोडर र टिप्पर गोदावरी नगरपालिका – ९ सेहरीबाट अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा फेला परेपछि जरिवाना तिराइएको हो ।

माघ १७ गते जिल्ला समन्वय समिति कैलालीको टोलीले अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकाका २ ब्याक लोडर र ३ टिप्परलाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा फेला पारेको थियो ।
सो क्रममा अनुगमन टोलीले अन्य २१ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको थियो ।

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले अवैध उत्खनन गर्ने धनगढी उपमहानगरपालिकाका ५ वटा सवारी साधनलाई जिल्ला समन्वय समितिको निर्देशन अनुसार जरिवाना गराइएको बताए । उनले ब्याक लोडरलाई ५०–५० हजार र टिप्परलाई ३०–३० हजारका दरले जरिवाना गराइएको बताए ।

खोज्नुहोस